भगवतिको मन छुने उपन्यास विमोचन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

भगवतिको मन छुने उपन्यास विमोचन


यलम्वर टाइम्स
१० असार २०७५, आईतवार ११:३७

बिर्तामोड । लेखिका भगवति ढुंगेलको आधासत्य उपन्यास विमोचन गरिएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उक्त उपन्यास विमोचन गरेका हुन् ।

पुस्तक विमोचनसँगै मन्त्री पण्डितले समाजका घटनालाई उपन्यासमा उतारेर जनतालाई सचेत तुल्याउने कार्यमा लेखिका भगवति ढुंगेल सफल भएको बताए । पुस्तक विमोचन समारोहमा समाज कल्याण परिषदका उपाध्यक्ष लीलामणि बराल, वरिष्ठ कथाकार माया ठकुरी साथै राधेश्याम लेकालीले समेत आधासत्य उपन्यासको विषयमा चर्चा गर्दै पठनीय हुने विश्वास व्यक्त गरे ।

प्रेममा आधारित उपन्यास आधासत्य आजको युवा पुस्तालाई समेटेर लेखिएको छ । पुस्तकमा जन्म दिने आमा सत्य हो । अरु सबै विश्वास मात्र हो भनेर विश्लेषण गरिएको लेखिका भगवति ढुंगेलले प्रस्ट्याइन् ।

विमोचन कार्यक्रमपछि लेखिका भगवतिसहित अन्यलाई मन्त्री पण्डितको हातबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।