अर्जुनधारामा सफल कृषि उद्यमीबाटै दिइयो व्यवसायिक फुल, मेवा तथा कागती खेति तालिम « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा सफल कृषि उद्यमीबाटै दिइयो व्यवसायिक फुल, मेवा तथा कागती खेति तालिम


यलम्वर टाइम्स
४ चैत्र २०७५, सोमबार ०९:५०

[केशवराज भण्डारी]

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा ७ दिवसीय व्यवसायीक फुल, मेवा तथा कागती खेति सम्बन्धि तालिम सम्पन्न भएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं. १ बाट उद्यमशिलता विकास तालिमबाट छनौट भएका विपन्न समुदायका ९ जना कृषकहरुलाई अर्जुनधारा नगरपालिकाकै समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले सोही वडामा अवस्थित हलुवागढ सामुदायिक वनको सभा हलमा राखेर व्यवसायिक फुल, मेवा तथा कागती खेति सम्बन्धि सीपमुलक तालिम सञ्चालन गरेको थियो ।

फागुन २७ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन भएको तालिम झापा मेचीनगर नगरपालिका स्थित धुलावारीमा फुल, मेवा तथा कागती साथै नर्सरी ब्यवसाय सञ्चालन गरिरहेका सफल ब्यवसायी डिल्लिराज उप्रेतीले प्रदान गरेका थिए ।

झापा जिल्लामा सफल कृषि व्यवसायिहरुको संख्या सानो छ । त्यहि संख्यामा पर्ने एक सफल कृषि उद्यमी उप्रेती व्यवसायिक कृषि कर्मका एक योद्धाका रुपमा परिचित छन् ।

जिल्लामा कृषि विकासका लागि जिल्ला स्थित कृषि कार्यालयहरुबाट सञ्चालन हुने हरेक तालिममा मात्र सैद्धान्तिक ज्ञान भएका साविक जिल्ला कृषि विकास कार्यालयका कर्मचारीहरुले सञ्चालन गर्दै आएका प्रमाणहरु भेटिन्थे ।

तर कृषिमै सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हाँसिल गरेका सफल उद्यमीको सहयोगमा सञ्चालित तालिमबाट पक्कै पनि कृषकहरुले व्यवहारिक ज्ञान हासिल गर्न सक्ने देखिन्छ ।

देशमा कृषि विकासमा आकर्षणभन्दा पनि यसमा वितृष्णा जाग्नेहरु बढेपछि घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले कृषिका कर्मचारीहरुबाट भन्दा पनि सफल उद्यमीको सहभागितामा सञ्चालन गरेको तालिम प्रभावकारी हुने देखिएको छ ।

विगत वर्षहरुमा कृषिमै सरकारी जागिर खाने कर्मचारीहरुबाट झापामा धेरै तालिमहरु सञ्चालन भएका रेकर्डहरु छन् । तर तालिम पश्चात कृषिमै सफल भएका व्यवसायिहरु कमै मात्रामा भेटिन्छन् ।

जो जुन विषयमा राम्रो ज्ञान हाँसिल गरेको छ, त्यहि कृषकबाट घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले सञ्चालन गरेको व्यवसायिक फुल, मेवा तथा कागती खेति सम्बन्धि सीपमुलक तालिमले नयाँ सन्देश दिएको छ ।

जहाँ एक सफल उद्यमीलाईनै प्रशिक्षकको रुपमा उभ्याउदै ब्यवहारीक अनुभवका साथ सैदान्तिक तालिम प्रदान गरेको छ ।

जसले अब कृषि विकासका लागि राज्यले प्रत्यक्ष सहभागिता जनाएको ढोल पिट्नु छ भने विषयगत ब्यवहारिक ज्ञान हाँसिल गरेका सफल उद्यमीहरुको सहयोग लिन आवश्यक छ ।

सहभागिहरुमा आफ्नै दृष्टान्त दिदै उप्रेतीले सञ्चालन गरेको तालिम झापामा उदाहरणीय बनेको छ ।