झापामा भाइरल ज्वरोका बिरामी बढे « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

झापामा भाइरल ज्वरोका बिरामी बढे


यलम्वर टाइम्स
९ श्रावण २०७३, आईतवार ०७:०२

झापा / मौसम परिवर्तन भएसँगै अविरल वर्षासँगै तातो हावा बहदा झापामा भाइरल ज्वरोका विरामीको संख्या ह्वात्तै बढेर आएको छ । भाइरल ज्वरोका कारण प्रत्येक स्वास्थ्य चौकी, स्थानीय अस्पताल र मेडिकल हलहरुमा बालकदेखि वृद्धहरुसम्म भेटिने गरेको छ ।
ज्वरो आएपछि सामान्य औषधीले निchildको नहुने हुँदा एन्टीवाइटिक खुवाउनुपर्ने अवस्था देखिन्छ । झापाको प्रायः ग्रामिण क्षेत्रमा भाइरल ज्वरोले प्रत्येक घरलाई छोएकै छ । त्यसमा एन्टीवाइटिक औषधी प्रयोग गर्नेहरुको संख्या बढेर गएको छ । एकतर्फ विषादी खानाले मानिसलाई अस्वस्थ्य बनाइरहेको बेला भाइरलसँगै एन्टीवाइटिक औषधी सेवनले मानिसलाई दिनानुदिन कमजोर बनाइरहेको अवस्था छ ।
झापाका प्रायः सबै ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य चौकीबाट थोरैले मात्र औषधी प्रयोग गर्ने गरेको पाइन्छ ।

स्वास्थ्य चौकीबाट निःशुल्क पाइने औषधीले भाइरल ज्वरोलाई निको नपार्ने भएको हुँदा कडा खालको औषधी सेवन गर्न बाध्य छन्, नाम नछाप्ने सर्तमा एक सरकारी डाक्टरले यलम्वर टाइम्सलाई प्रतिक्रिया दिए । झापाको शनिअर्जुन क्षेत्रका उपस्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र र आयुर्वेद अस्पतालमा भाइरलका विरामीहरु दिनहु बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
सुरुमा टाउको दुख्ने, बिस्तारै घाँटी दुख्ने र एक्कासी ज्वरो आउँने भएको हुँदा यसबाट बच्नको लागि पानीमा रुज्नु नहुने, चिसो चिजहरु सेवन गर्न नहुने, सुत्दा पातलो कपडा लगाएर सुत्नु पर्ने र भाइरल ज्वरो भएका बिरामीहरुले प्रशस्त मात्रा पानी पिउनुपर्ने, आराम गर्नुपर्ने, झोलिलो खानेकुराहरु खानुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।