प्यागोडा शैलीमा दुर्गा मन्दिर बन्दै « Yalambar Times
२९ बैशाख २०८१, शनिबार

प्यागोडा शैलीमा दुर्गा मन्दिर बन्दै


यलम्वर टाइम्स
९ श्रावण २०७३, आईतवार ०७:१३

लिला राई
शनिअर्जुन / प्यागोडा शैलीमा निर्माणाधिन नवदुर्गा मन्दिर ७५ लाखमा सम्पन्न गरिने मन्दिर निर्माण समितिका अध्यक्ष कमल प्रधानले बताए ।

mandir copy
वि.सं. १९५६ सालमा स्थापना भएको उक्त मन्दिर १९८० मा शक्तिपीठको रुपमा निर्माण गरिएको थियो । यसै क्षेत्रका समाजसेवीहरुबाट उक्त मन्दिर निर्माणका लागि आर्थिक सहयोगसँगै मन्दिर निर्माण भइरहेको जनाएका छन् । हामीले आह्वान ग¥यौ, हाम्रो आह्वानलाई स्वीकारेर २२ लाखभन्दा बढी उठेको छ । त्यही रकमबाट मन्दिर धमाधम निर्माण भइरहेको अध्यक्ष प्रधानले बताए ।
यस मन्दिरमा २०१८ सालदेखि बलि प्रथा सुरु गरिएतापनि ०६७ सालमा अन्त्य गरिएको छ । शक्तिका देवी नवदुर्गा भएकी हुँदा जो कोहीले यस मन्दिरमा आएर भाकल गरे पुरा हुने विश्वास रहेको छ त्यसैले बलि प्रथालाई अन्त्य गरिएको व्यासाचार्य पुष्पलाल निरौलाले बताएका छन् ।

निर्माण कार्य धमाधम भएतापनि दशैंसम्ममा नवदुर्गा भवानीको पूजा गर्न सकिने गरी निर्माण कार्य भएको जनाइएको छ । उक्त मन्दिर ३५ फीट अग्लो ३२ फीट चौडाई र ३२ फीट लम्बाई रहने छ ।