मासिक लिम्बू साहित्यिक श्रृङ्खला ‘लाङ्गाङ’ सुरु « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

मासिक लिम्बू साहित्यिक श्रृङ्खला ‘लाङ्गाङ’ सुरु


यलम्वर टाइम्स
९ श्रावण २०७३, आईतवार ०७:२६

पाँचथर / लिम्बू साहित्यको विकासको लागि पाँचथरको फिदिममा ‘लाङ्गाङ’ नामक मासिक साहित्यिक श्रृङ्खला आजदेखि सुरु भएको छ ।
फिदिमस्थित इक्रुशा क्याफेमा सम्पन्न श्रृङ्खलाको पहिलो अंकमा दुई दर्जन बढी लिम्बूभाषी स्रष्टाहरुले कविता, गजल, गीत, पालाम, ख्याली र हाक्पारे प्रस्तुत गर्नुभएको थियो ।
किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा सुरु भएको मासिक साहित्यिक श्रृङ्खला ‘लाङगाङ्’ प्रत्येक महिनाको पहिलो शनिबार नियमित रुपमा सञ्चालन गरिने चुम्लुङ पाँचथका अध्यक्ष नरेन्द्रराज केरुङले बताउँनुभयो ।
सो साहित्यिक श्रृङ्खलामा विभिन्न लिम्बू साहित्यक सिर्जना प्रस्तुत गरिनुका साथै लिम्बू साहित्य सम्बन्धि विमर्श समेत गरिने कार्यक्रम संयोजक मधु आजित केरुङले जानकारी दिनुभएको छ ।
कार्यक्रमको पहिलो अंकमा राजेन्द्र कुमार जवेगु, भित्रागी काईला, चन्द्र माङ्मु, लक्ष्मी लिम्बू, मञ्जु तुम्बापो, इन्द हङसरुम्बा, निरन्ति तुम्बापोले लिम्बू भाषाका सिर्जना सुनाउँनुभएको थियो ।
त्यस्तै सुनिता केरुङ, युन्छोहाङमा तुम्बापो, मेदिनी लावती, विश्व तुम्बापो, सन्देश सुब्बा, विवश माङ्मु लगायतले पनि लिम्बू भाषाका सिर्जना सुनाउँनुभएको थियो । कार्यक्रम किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।