ऐतराज केरुङ स्मृति गजल पुरस्कार प्रकटलाइ « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

ऐतराज केरुङ स्मृति गजल पुरस्कार प्रकटलाइ


यलम्वर टाइम्स
९ श्रावण २०७३, आईतवार ०७:३२

पाँचथर / गजल मञ्च पाँचथरले वर्षेनी प्रदान गर्दै आएको ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ बाट यसपल्ट पोखराका गजलकार प्रकट पंगेनी शिव पुरस्कृत हुने भएका छन् ।

prakat photoमञ्चले शनिबार फिदिममा पत्रकार सम्मेलन गरेर ‘ऐतराज केरुङ स्मृति गजल पुरस्कार’ को चौंथो संस्करणबाट गजलकार प्रकटलाई पुरस्कृत गर्ने निर्णय सार्वजनिक गरेको हो । आगामी भदौ १६ गते १५० औं मोतीजयन्तीको दिन विशेष समारोहकाबीच उक्त पुरस्कार वितरण गरिने मञ्चका अध्यक्ष स्पन्दन दीपक खनालले बताए ।

पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधु आजित केरुङ र उनको परिवारले आफ्नो स्वर्गिय पिताको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैंयाँ रहेको छ । उक्त पुरस्कारबाट यसअघि पाँचथरका गजलकार मदन मुच्र्छना, इलामका गजलकार सुन्दर कुरुप र झापाका गजलकार सुमित्रा बाङ्देल चेली पुरस्कृत भइसकेका छन् ।

सोही अवशरमा पाँचथर गजल मञ्चले ‘मेची–कोशी गजल प्रतियोगिताको समेत आयोजना गर्ने जनाइएको छ । प्रतियोगितामा मेची र कोशी अञ्चलका १० जिल्लाका गजलकारहरुको सहभागिता रहने मञ्चका अध्यक्ष खनालले बताए ।