कौशिलालाई सहयोग « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

कौशिलालाई सहयोग


यलम्वर टाइम्स
१० श्रावण २०७३, सोमबार ०९:०६

शनिअर्जुन / समाजसेवी केदार पराजुलीको अगुवाईमा शनिअर्जुन–२ निवासी कौशिला नेम्वाङलाई पढाई खर्च वापत रु. ६० हजार प्रदान गरिएको छ ।

11
कौशिला स्थानीय सत्तश्री बहुउद्देश्यीय प्राविधिक शिक्षालयमा अध्ययनरत छिन् । आर्थिक अभावले पढ्न नपाइरहेको बेलामा उक्त रकम प्राप्त गरेपछि पढाइमा सजिलो भएको कौशिलाले बताइन् । कौशिलालाई स्थानीय सूर्यज्योति बोर्डिङ स्कुलको कार्यालयमा एक समारोह बिच शनिअर्जुन नगरपालिकाका प्रमुख रुद्रप्रसाद न्यौपानेको बाहुलीबाट उक्त रकम प्रदान गरिएको थियो ।
उक्त रकम मेन्छच्यीम प्रा.लि. ललितपुर–१५ का प्रोपाइटर/अध्यक्ष गोविन्दबहादुर आङबुहाङ र उपाध्यक्ष केदार पराजुलीको सक्रियतामा उक्त रकम प्रदान गरिएको हो । रकम प्रदानपछि स्थानीय अमरबहादुर कटुवाल, तुलसी क्षेष्ठ र भोला परियार लगायतले शुभकामना बधाई ज्ञापन गरेका थिए ।