इलाममा बाँस्केटबल प्रशिक्षण सुरु « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

इलाममा बाँस्केटबल प्रशिक्षण सुरु


यलम्वर टाइम्स
१० श्रावण २०७३, सोमबार १२:०८

इलाम / जिल्लाका बाँस्केटबल खेलाडीहरुलाई संगठित गर्न र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ इलाममा आधारभुत बास्केटबल प्रशिक्षण सुरु भएको छ ।

555बाँस्केटबल इलामको आयोजनामा महेन्द्र रत्न बहुमुखी क्याम्पसको कोटमा सुरु भएको प्रशिक्षणमा जिल्लाका ३० भन्दा बढी बास्केटबलमा रुची राख्ने विद्यालयका खेलाडीहरुको सहभागीता रहेको छ ।

पाँचौ राष्ट्रिय खेलकुदपछि सेलाउँदै गएको इलामको बाँस्केटबललाई पुनः ब्युताउनका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको आयोजक समितिका सदस्य रोहन आर्चायले बताए । खेलाडीहरुलाई आजबाट बास्केटबल संघका पूर्वाञ्चल प्रशिक्षक विकास चाम्लिङले प्रशिक्षण दिइरहेका छन् ।

१५ दिनसम्म चल्ने प्रशिक्षणबाट सातौ राष्ट्रिय खेलकुदमा इलामबाट बास्केटबलमा प्रतिनिधित्व गराउने लक्ष्य रहेको आयोजक समितिले जनाएको छ । इलामका अग्रज बाँस्केटबल खेलाडी मदन खड्काको सभापतित्वमा भएको समुद्घाटन समारोहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राई रहेका थिए ।

कार्यक्रममा जिल्ला फुटबल संघका पुर्व अध्यक्ष सन्तोष भक्तराज, इलाम एफएमका स्टेशन मेनेजर हेमराज ढकाल, ब्लाष्ट टाइम्स दैनिकका सम्पादक योगेशबाबु काफ्ले, युएसए अनलाइन टिभीका सम्पादक कृष्ण खनाल लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमलाई रोहन आर्चायले सञ्चालन गरेका थिए ।

इलाममा हाल बाँस्केटबल खेल्ने गरिए पनि आधिकारिक रुपमा जिल्ला बास्केटबल संघ गठन भएको भने छैन ।