तेक्वान्दो संघ झापा गठन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

तेक्वान्दो संघ झापा गठन


यलम्वर टाइम्स
२ आश्विन २०७४, सोमबार ०६:१०

अर्जुनधारा / नेपाल तेक्वान्दो जिल्ला कार्यसमिति झापा गठन भएको छ । चन्द्रगढीमा शनिबार खेल क्षेत्रका बृहत खेलप्रेमीहरुको माझमा प्रदिप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको थियो ।

समितिको उपाध्यक्षमा कर्ण दाहाल, सचिव कुमार भट्टराई र कोषाध्यक्ष हरि भुजेल रहेका छन् । यसरी नै सदस्यहरुमा बाबुलाल सुब्बा, जेम्स सुब्बा, होम दुलाल, योगेन्द्र रिजाल, सञ्जय राई, पूर्णमाया सुब्बा र पदेन सदस्य विजय न्यौपाने रहेका छन् ।

जिल्ला विकास खेलकुद समितिका प्रमुख टहलदास मैनालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १० जनाको ब्ल्याक वेट र एक जनाको सेकेन्ड डानको ग्रेडिङ समेत सम्पन्न भएको सचिव भट्टराईले बताए ।