जनमुक्ति नगर अध्यक्ष लिम्बूको स्वास्थ्यमा सुधार « Yalambar Times
२७ बैशाख २०८१, बिहीबार

जनमुक्ति नगर अध्यक्ष लिम्बूको स्वास्थ्यमा सुधार


यलम्वर टाइम्स
१० श्रावण २०७३, सोमबार १२:२३

22शनिअर्जुन / राष्ट्रिय जनमुक्ति पार्टी शनिअर्जुन नगर कमिटीका अध्यक्ष, किरात साहित्यकार, इतिहास विद् नरबहादुर लिम्बूको स्वास्थ्यमा सुधार आएको छ ।

सामान्य रुघा ज्वरोले सताएपछि शुक्रबार बिर्तामोडको बिर्तासिटी अस्पताल पुगेका लिम्बू हाल बिराटनगरको न्यूरो अस्पतालमा भर्ना भएका छन् । त्यहाँ पुगेको दुई दिनपछि बोल्न सक्ने र केही खान सक्ने भएका उनका जेठा छोरा गौरव सुब्बाले जानकारी दिए ।
मधुमेह रोगबाट पीडित बनेका लिम्बू राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक सदस्य हुन् । उनले साना–ठूला गरी ढेड दर्जन पुस्तक प्रकाशित गरिसकेका छन् ।

शनिअर्जुन–२ घर भएका लिम्बू पार्टीका वैकल्पिक केन्द्रय सदस्य समेत भइसकेका छन् ।