दोस्रो बाह्रघरे पुरुष तथा महिला कराँते प्रतियोगिता सम्पन्न « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

दोस्रो बाह्रघरे पुरुष तथा महिला कराँते प्रतियोगिता सम्पन्न


यलम्वर टाइम्स
३ आश्विन २०७४, मंगलवार ०७:४४

अर्जुनधारा ।

दोस्रो बाह्रघरे जिल्लास्तरीय पुरुष तथा महिला कराँते प्रतियोगता सम्पन्न भएको छ । प्रतियोगितामा दमक सितोरियो कराँते डोजो ८ स्वर्ण, १ रजत, ४ काँस्य गरी १३ पदक हासिल गर्दै प्रथम भएको छ ।

छोटो समयमा सितोरियो कराँतेले बाह्रघरे स्थानलाई जिल्ला र जिल्ला बाहिरसम्म चिनाउनको लागि गत वर्षबाट कराँते प्रतियोगिता गर्दै आएको छ । सीमित स्रोत साधनबाट जिल्ला वा जिल्ला बाहिरबाट खेलाडीहरु उपस्थित गराई गरिएको दोस्रो बाह्रघरे प्रतियोगिताको उद्घाटन सांसद प्रेमबहादुर गिरीले गरेका थिए ।

प्रमुख अतिथि समेत रहेका गिरीले अर्जुनधारा खेल क्षेत्रमा अबल्ल स्थान ओगटेको बताउँदै सबै क्षेत्रबाट खेल क्षेत्रलाई सहयोग पु¥याउने बताए । कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख हरिकुमार रानाले स्थानको पहिचान दिलाउने खेलकुद जगतलाई नगरपालिकाबाट पनि सहयोग जुट्ने बताए ।

प्रतियोगिताका पुरुष कुमुदे कराँतेतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६० र महिला कुमुदे कराँते तर्फ २० देखि ६० केजी तौलसम्म खेलाडीहरुको सहभागिता थियो भने खेलमा इलाम, मोरङ पथरी र भुटानका समेत खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सहभागि खेलाडीहरुलाई जिल्ला खेलकुद समितिका उपाध्यक्ष प्रशान्त भण्डारी, रेफ्री योगेश तामाङ, नगरप्रमुख हरिकुमार राना, नगर सदस्य खगमाया पौड्याली, प्रेस अध्यक्ष दिपीन राई, टीकाराम बास्कोटा, नारदमणि नेपाल लगायतले मेडल प्रमाणपत्र र ट्रफि प्रदान गरेका थिए ।

खेल क्षेत्रका अग्रणीहरुलाई सम्मान

सितोरियो कराँते खेल क्षेत्रका अग्रणी योद्धा तथा एसियन कराँते रेफ्री कुमार उप्रेती र अन्तर्राष्ट्रिय प्रतियोगिता पदक विजेता एस्तर राई र सीता राईलाई दोस्रो बाह्रघरे जिल्लास्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता कार्यक्रममा सम्मान गरेका छन् ।

खेल क्षेत्रबाट झापाको नाम उच्च राख्न गरेको योगदानप्रति कराँते रेफ्री कुमार उप्रेतीलाई दोसल्ला र सम्मानपत्रबाट विशिष्ट अतिथि हरिकुमार राना, वडाध्यक्ष बलदेव गोम्देन र खेलकुद जिल्ला उपाध्यक्ष प्रशान्त भण्डारीले सम्मान गरेका थिए ।

सोही समयमै एस्तर राईलाई पनि सम्मान गरिएको थियो भने सीता राई अस्वास्थ्यका कारण उपस्थित हुन सकिनन् । सोही कार्यक्रममा नगर प्रमुख हरिकुमार राना र वडाध्यक्ष बलदेव गोम्देनलाई आयोजकले सम्मान गरेको छ । यसरी नै बाह्रघरे सितोरियो कराँते डोजो स्थापना गरेर खेलाडी उत्पादनमा मात्र होइन अन्तरजातीय विवाह गरेर खेल क्षेत्रलाई हाक्दै यहाँसम्म ल्याइपु¥याउने बाह्रघरे डोजोका प्रमुख हेमलाल परियार र निशा राईलाई प्रतियोगिताकै समय पारी सितोरियो कराँते संघ झापाले मञ्चमै सम्मान गरेका छन् ।

दुवैलाई नगरप्रमुख राना, कराँते संघका जिल्ला पदाधिकारी र स्थानीय वडाध्यक्ष सहितले अविर माला र सम्मानपत्रले अभिनन्दन गरिएको थियो । सोही दिन अपाङ्ग देवी लिम्बूलाई ३ हजार ५ सय रुपैयाँ, ४० केजी चामल र एकसरो लुगा प्रदान गरी सहयोग गरिएको डोजोका प्रशिक्षक हेमलाल परियारले यलम्वर टाइम्सलाई जानकारी दिए ।