आशिषविक्रम नेम्वाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि काँकरभिट्टा माविलाई « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

आशिषविक्रम नेम्वाङ स्मृति फुटबल प्रतियोगिताको उपाधि काँकरभिट्टा माविलाई


यलम्वर टाइम्स
१८ कार्तिक २०७४, शनिबार ०७:०१

मेचीनगर । मेचीनगर स्तरीय दोस्रो आशिषविक्रम नेम्बाङ स्मृति अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि काँकरभिट्टा माविले चुमेको छ ।

शुक्रवार सम्पन्न फाइनल खेलमा सरस्वती मावि बाहुनडाँगीलाई २—१ गेल अन्तरले हराउँदै उपाधि चुमेको हो । जीतसँगै काँकरभिट्टाले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेत बनेको सरस्वती माविले नगद १० हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

बालकलयाण बाल क्लबको आयोजनामा १३ गतेबाट सुरु भएको प्रतियोगितामा प्रथम पुरस्कार मेची नेत्रालय काँकरभिट्टा, विजेताको ट्रफी धुलावारीका विक्रम भेटवालले र दोस्रो पुरस्कार नरेन्द्र मेचे गच्छम तथा ट्रफी काँकरभिट्टाका गंगालाल गुरुङले उपलब्ध गराएका थिए ।
यसैगरी खेल अवधीभरको उत्कृष्ट खेलाडीमा बालकल्याण माविका प्रमोद सापकोटा भए । उनलाई उमेश उप्रेतीले उपलब्ध गराएको नगद ५ हजार तथा ट्रफीसहित पुरस्कृत गरिएको थियो ।

खेलको उत्कृष्ट गोलरक्षक काँकरभिट्टा माविका गोलरक्षक विजय बाँतर, उत्कृष्ट डिफेन्समा सरस्वती माविका केल्भिन मगर तथा उत्कृष्ट स्टाइकरमा मेची जनसाधारण माविका प्रवेश तामाङ भए । उृनीहरुलाई जनही एक हजार र ट्रफीसहित पुरस्कृत गरिएको थियो । उक्त पुरस्कार उपेन मगरले उपलब्ध गराएका थिए ।

यसैगरी खेलको फेयर अफ द टिमका कविशिरोमणी मावि भएको थियो । फाइनल खेलको म्यान अफ द म्याच काँकरभिट्टा माविका सुरेन तामाङ भए ।

प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल, विशेष अतिथि झापा जिल्ला फुटबल संघका बरिष्ठ उपाध्यक्ष भगिरथ आले, शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाई, शिक्षक संघठन झापाकी उपाध्यक्ष अम्बिका खवास, काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहाल, बाहुनडाँगी स्रोत केन्द्रका स्रोत व्यक्ति दिपेन्द्र कन्ङदवा, विद्यालयका प्रधानाध्यापक नारायण न्यौपाने, सहायक प्रधानाध्यापक मञ्जु दाहाल, आदर्श माविका प्रधानाध्यापक हेम खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

यसैगरी सोही अवसर पारेर खेल सम्पन्न गर्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा कन्भेन्ट स्कुलका प्रिन्सिपल विक्रम क्षेत्री, पारिजात पब्लिक स्कुलका प्रिन्सिपल विनोद प्रदान, इष्ट होराइजन मावि धुलावारी, हिमालयन इङलिस एकाडेमी धुलावारी, मेची नेत्रालय काँकरभिट्टा, नेरन्द्र मेचे, काँकरभिट्टाका गंगालाल गुरुङलाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । यसैगरी बाल क्लबका तर्फबाट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

क्लबकी अध्यक्ष मिक्सेन लावतीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत प्रधानाध्यापक नारायण न्यौपानेले गरेका थिए भने खेल संयोजक दिप ढुङ्गानाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा मेची नेत्रालयका मेनेजर नवराज प्रधान, विक्रम भेटवाललगायतले बोलेका थिए ।

प्रतियोगितामा मेचीनगरका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक देबु बानियाँले गरेका थिए । यसैगरी सोही अवसरमा बाहुनडाँगी जेसीज र पत्रकार महासंघ झापा बिच भएको खेलमा पत्रकार टोली ३—० ले विजय भएको थियो ।