आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को लागि नेपाली टोलीको घोषणा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को लागि नेपाली टोलीको घोषणा


यलम्वर टाइम्स
११ माघ २०७४, बिहीबार ०८:२४

काठमाडाैं / आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपाली टोलीको घोषणा भएको छ ।

माघ २५ गतेदेखि नामिवियामा हुने प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको निगरानीमा १४ नियमित र ४ वैकल्पिक सहित १८ खेलाडीको घोषणा गरिएको हो । नेपाली ब्याट्सम्यान रोहित कुमार पहिलो पटक टिममा अटाउन सफल भए । यसअघि युुएई विरुद्धको खेलमा टिममा परेका अनिल कुमार शाह पनि डिभिजन–२ का लागि छनोट भएका छन् । यद्यपी अनिल पिचमा भने उत्रिएका थिएनन् ।

आईसीसी प्रतिनिधि अनिमुल इस्लामको संयोजकत्वमा राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मेलित टिमले नेपाली खेलाडीको नामावली घोषणा गरेको हो । डिभिजन–२ खेल्ने नेपाली टोलीमा अनिल र रोहितबाहेक कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामिछाने, दीपेन्द्र सिंह ऐरी, दिलिप नाथ र ललित भण्डारी छन् ।

बैकल्पिक खेलाडीमा सुनील धमला, ललितनारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो छन् । नेपाली टिम शनिबार वैदेशिक प्रशिक्षणका लागि संयुक्त अरव इमिरेट्स (युुएई) जानेछ । तीन अभ्यास खेलपछि नेपाली टोली त्यहीँबाट नामिविया जानेछ ।

आगामी विश्वकप छनोटको अन्तिम अवसरका रुपमा रहेको डिभिजन–२ को शीर्ष दुुई स्थानमा पर्न सकेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ । डिभिजन–२ मा नेपाल र नामिवियासहित युुएई, क्यानडा, ओमान र केन्या छन् । नेपाली टिमले बिहीबार अन्तिम प्रशिक्षण गरेको छ ।