मम्मीहरुले फेरि बुद्ध जन्माउलान् त ? « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

मम्मीहरुले फेरि बुद्ध जन्माउलान् त ?


यलम्वर टाइम्स
२६ माघ २०७४, शुक्रबार ११:४६

[गंगा ‘अनुरागी’]

नेपालमा १० वर्षे जनयुद्धदेखि वाक्क, दिक्क भएर गीतकार, गायकहरुले लुम्बिनीलाई पुकारा गर्दै फेरि पनि शान्ति दूत बुद्ध जन्माइदेऊ भनेर गीतको भाकामा यसरी पुकारा गरेका छन् – ‘शान्ति गुञ्जाइदेउ, फेरि पनि लुम्बिनी बुद्ध जन्माइदेउ ।’ गीतकारले मनको व्याथा गीतको माध्यमबाट पोखेका छन् । अब यो गीतको भावार्थ विचार गर्दा शान्ति दूत बुद्ध महामाया (मायादेवी)ले जन्माइन् कि लुम्बिनीले जन्माए ? गीतकारले के मा पढे बुद्ध लुम्बिनीले जन्माएको भनेर ? बुद्ध जन्माउनु भनेको रहर, कर र खेलाँची हो ? यदि रहरले नै बुद्ध जन्माउने भए आमाहरुले थुप्रै बुद्धहरु जन्माउने थिए ।

आजको युगमा नाङ्गै–भुतुङ्गै भएर अङ्ग देखाउँदै, पुरुष देख्ने बित्तिकै आँखा नचाउने महिलाहरुले जन्माउँछन् बुद्ध ? बोका खोज्दै दगुर्ने, कराउने बाख्री झैं छाडा भएर अभिभावकको डर नराखी रात साँझ नभनि एक्लै सुलुक–सुलुक हिड्ने महिलाले जन्माउलान् बुद्ध ? यौवनको चुरीफुरी देखाउँदै योग्य र सुन्दर पुरुषको खोजीमा डुली हिड्ने महिलाले जन्माउँछन् बुद्ध ? पुरुष परको होस् कि ओरको होस्, मोबाइलमा घण्टौं गफिन्छन्, तिनीहरुले भगवान्को ‘भ’ र धर्मको ‘ध’ पनि जान्दैनन्, मान्दैनन् मन पराउँदैनन्, जे पायो त्यहि खान्छन्, जे मन लाग्यो त्यहि गर्छन् भने त्यस्ता आमाले जन्माउँलान् बुद्ध ?

स्याल र गिद्धले झैं मासु खान्छन् भने त्यस्तै आमाहरुले जन्माउँलान् बुद्ध ? आफूलाई मम्मी भनि माग्ने लासहरुले कसरी जन्माउँछन् त बुद्ध ? मम्मी भनेको मिश्र देशको पीरामिडभित्र राखिएका प्राचिन राजा महाराजाहरुको मृत देह हो । तर, अर्थ नजानि आफूलाई लासको संज्ञा दिएको राम्रो मान्छन् । त्यस्ती मम्मीले बुद्ध जन्माउँदैनन् । तिनीहरु लुम्बिनीमा गएर थाप्लो ठोके पनि, बल गरी–गरी कने पनि ती कोखबाट बुद्ध जन्मिदैनन् । बुद्ध जन्माउने आमा त महामाया जस्ती तपस्वीनी हुनुपर्छ ।

सत्चरित्रवान्, सदाचारी, भक्तिमति, ज्ञानी, ध्यानी, सात्विकहरुले बुद्ध जस्तो मात्र बुद्ध जस्ता पुत्र जन्माउँलान् । गायक–गायिकाले जति नै पुकारा गरे पनि बुद्ध जस्ता सत्पुरुषले जस–तसको गर्भबाट जन्म लिंदैनन् । दाल, भात थपिथपि खाए जस्तो होइन बुद्ध जन्मिने कुरा । बुद्धलाई भगवान् विष्णुको नवौं अवतार मानिन्छ । यो गफको विषय होइन, नानीको खेल पनि होइन ।

आमाहरुले हे भगवान् ! तपाईले मेरो कोखबाट जन्मिनु है भन्दा पनि हुने होइन । भगवान्ले त युग अनुसार समय अनुसार पो आफ्नो इच्छाले पृथ्वीमा जन्म लिन्छन् । यस्ता कुरा जान्नका लागि र बुझ्नका लागि शास्त्र, पुराण पढ्नुपर्छ, भक्तिमा भिज्नु पर्छ, ज्ञानीको संगत गर्नुपर्छ । धेरैं पढेंभन्दैमा धर्म, कर्म र मर्म जानेका हुँदैनन् । त्यस्ताले भूइँमा हेर्दैनन्, माथि–माथि हेर्दैँ हिड्छन् । उनीहरुको भूइँमा खुट्टा हुँदैन र भन्छन् धर्मले के खान दिन्छ ?

यहाँ अहिलेसम्म आमाहरुको मात्रै कुरा ग¥यौं । अब बाबुहरुको पनि कुरो गरौं न । किनभने पुत्र जन्माउने विषयमा बाबुको पनि त उत्तिकै भूमिका हुन्छ । बुद्ध जस्ता महान् पुरुषलाई पुत्रको रुपमा जन्म दिने बाबु पनि त तपस्वी, सत्यवादी, सत्चरित्रवान् पराक्रमी, सात्विक, न्यायप्रेमि, एकनारी ब्रम्हाचारी, विद्वान् राजा शुद्धोधन जस्तै योग्य पिता हुनुप¥यो नि ! त्यस्ता योग्य पिताबाट मात्रै बुद्ध जस्ता पुत्र जन्मेलान् ।

तर जतिनै पुकारे पनि बुद्ध नै चाहिँ जन्मिदैनन् । त्यस्तै–त्यस्तै पुरुष चाहिँ जन्मिएलान ।