युवा र प्रौढ कृषकलाई एकै ठाउँमा राखेर तालिम प्रदान गरिनुपर्छ: प्रमुख तिवारी « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

युवा र प्रौढ कृषकलाई एकै ठाउँमा राखेर तालिम प्रदान गरिनुपर्छ: प्रमुख तिवारी


यलम्वर टाइम्स
१४ फाल्गुन २०७४, सोमबार ११:१६

अर्जुनधारा । सिचाईं विकास डिभिजन कार्यालय झापाका प्रमुख इश्वरीप्रसाद तिवारीले युवा र प्रौढ कृषकहरुलाई एक ठाउँमा राखेर कृषि तालिम प्रदान गरिएन भने युवा शक्तिहरु कृषिबाट पलायन हुने बताएका छन् ।

अर्जुनधारा–४ स्थित सिंहबाहिनी मन्दिरको सभाहलमा सहभागि कृषकहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तिवारीले वैज्ञानिक कृषि प्रणाली तालिम प्रदान नगरिएको खण्डमा युवाहरु पलायन हुने बताए । कार्यक्रममा प्रशिक्षण प्रदान गर्दै मानबहादुर कार्कीले कृषक हुनमा गौरव मान्दै वैज्ञानिक कृषि कार्यक्रममा ध्यान नपुर्याएर अग्र्यानिक सब्जी खानबाट नेपाली जानता टाढा हुने बताए ।

सिचाईं विकास डिभिजन झापाले कृषिमा पानीको महत्व र उपयोगिताको बारे जानकारी गराएका थिए । सिचाईं जल उपभोक्ता संस्थाका विष्णुप्रसाद खतिवडाले युवा र प्रौढ कृषकहरु बिचको सम्बन्धलाई प्रगाढ पार्न यस्ता तालिमले सहयोग पुग्नेमा जोड दिए । उनले पानी योग्य भुभाग भएको झापामा कृषिको उर्भर थलो हुने बताउँदै वैज्ञानिक कृषि प्रणालीका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा वेदनीधि चागाईं, शिवराम पौडेल, हर्कबहादुर राई लगायत अगुवा कृषकहरुले तालिममा सहजीकरण गरेका थिए । टाङटिङ कालिखोल सिचाईंका अध्यक्ष दिपेन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सहभागि गीता गिरी, आशा राई लगायतले हामी कृषिकहरुलाई यस्ता खाले तालिमबाट कृषि उब्जनी गर्नुपर्छ भन्ने उर्जा प्रदान भएको बताए ।

यसरी नै सिचाईं जल उपभोक्ता महासंघ झापाले पुष ९ गते विरिङ खोला मूलपैनी बुधबारे, पुष १३देखि १५ सम्म बेतनी सिचाईं जल उपभोक्त दमक, पुष १८ देखि २० गतेसम्म हडिया रेगुलेटर जल उपभोक्ता संस्था मेचीनगर, पुष २३ गते भुतेनी खोला जल उपभोक्ता संस्था हल्दीबारी, माघ ७ गते हडिया दामा राजपैनी जल उपभोक्ता संस्था बुद्धशान्तिमा यस अघि नै तालिम सम्पन्न गरिसकेको जल उपभोक्ता महासंघका महासचिव मानबहादुर कार्कीले बताए । तालिममा अधिकांश युवाहरुको सहभागिता रहेको थियो ।