फोनिजका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

फोनिजका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण


यलम्वर टाइम्स
१६ फाल्गुन २०७४, बुधबार ११:४२

अर्जुनधारा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको पाँचौ अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी, प्रदेश तथा केन्द्रीय प्रतिनिधिहरुलाई एक कार्यक्रमको बिच प्रमाणपत्र वितरण गरिएको छ ।

बिर्तामोड स्थित आदर्श बैंक्वाटको सभाहलमा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख अतिथि फोनिज केन्द्रीय सदस्य इन्द्रजीत मुखियाले आदिवासी जनजातिहरुको हक अधिकार स्थापित गर्न फोनिज सक्रिय भएर लाग्नु पर्ने बताए ।

प्रमुख अतिथि मुखियाले फोनिज आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन भएको बताउँदै एक जुट भई अगाडि बढ्नुपर्ने बताए । उनले सञ्चार क्षेत्रमा क्रियाशिल रहेका आदिवासी जनजाति पत्रकारहरुलाई विभिन्न तालिम प्रदान गरी सीपयुक्त बनाउनु पर्नेमा जोड दिए ।

फोनिज झापाका निवर्तमान अध्यक्ष गणेश मुखियाको सभापतित्वमा भएको कार्यक्रममा फोनिज झापाका पूर्व अध्यक्ष रमेश समदर्शी राई लगायतले पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन निर्वाचन प्रमुख दिपीन राईले गरेका थिए ।

प्रमाणपत्र पछि फोनिज जिल्ला कार्यसमितिको बैठक बसी पाँचौ जिल्ला अधिवेशनलाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्न सहयोग पुर्याउन हुने सबैमा आभार प्रकाट गरेका छ ।