अर्जुनधारा नगरपालिकाद्वारा अभिमुखिकरण तालिम सञ्चालन « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारा नगरपालिकाद्वारा अभिमुखिकरण तालिम सञ्चालन


यलम्वर टाइम्स
१७ फाल्गुन २०७४, बिहीबार ०९:४६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका विभिन्न वडामा गठित समितिका पदाधिकारीहरुलाई एक दिवसीय अभिमुखीकरण तलिम सञ्चालन गरिएको छ । अर्जुनधारा नगरपालिकाको आयोजनामा तालिम सम्पन्न भएको हो ।

तालिम उदघाटन सत्रमा बोल्दै नगर प्रमुख हरिकुमार रानाले पूर्वाधारको काम ३ वर्षमा सम्पन्न गदै स्वास्थ्य, पर्यटन, कृषि, शिक्षा, वाइफाइ जोन लगायतका अन्य क्षेत्रमा अग्रसर भएर लाग्ने योजना नगरपालिकाको रहेको बताए । हिउँदमा निर्माण सम्पन्न गर्यौ बर्खामा भत्किने अवस्थाको सधैंको लागि अन्त्य गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने –‘प्रत्येक वर्ष एउटै क्षेत्रमा लगानी गर्दा समृद्धि नगरको चाहना पूरा हुँदैन ।’

सडकमा अलमलिदाँ शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषि लगायतका विषयमा पँहुच पु¥याउन सकिन्न उनको भनाई थियो ।

साविक शनिअर्जुन नगरमा गठित समितिहरुलाई तालिम प्रदान गरिएको बरिष्ठ योजना अधिकृत हिमराज सेडाईले बताए । पाँच लाख लागत भन्दा बढीका योजना उपभोक्ता समितिहरुलाई अभिमुखीकरण गराइएको उनले बताए ।

तालिमबाट उक्त वडाहरुमा रहेका उपभोक्ता समितिका सदस्यहरुलाई योजना सञ्चालन सहित फरफरक गर्ने सम्बन्धमा अभिमुखीकरण गराइने प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले बताए ।

तालिममा कार्यालका अधिकृतहरुले सहजीकरण गरेका थिए । तालिम सहजीकरण गदै नगरपालिका ईन्जिनियर निरज अधिकारीले विभिन्न योजनाहरु सञ्चालनका लागि गठित विभिन्न उपभोक्ता समितिका सदस्यहरुलाई योजना सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएकोे जानकारी दिए ।

तालिममा योजना कसरी सञ्चालन गर्ने, रकम भुक्तानी, प्राविधिक, सामाजिक अवसर र चुनौती लगायका विषयमा जानकारी भएको सहभागि उपभोक्ता समितिका पदाधिकारीहरुले बताएका छन् ।