मनाङ झापा गोल्डकपको सेमी फाइनलमा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

मनाङ झापा गोल्डकपको सेमी फाइनलमा


यलम्वर टाइम्स
२३ फाल्गुन २०७४, बुधबार ०५:११

बिर्तामोड । मनाङ मस्र्याङदी क्लब काठमाडौं तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ ।

टाइ ब्रेकरमा मनाङलेले सहारा क्लब पोखरालाई ४–३ गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी उक्त गोल्डकप प्रतियोगिताको मंगलबारको खेलको शुरुवातदेखि नै सहारा मनाङको दबाबमा थियो ।

मनाङले उक्त मौका पहिलो हाफको अन्तसम्म बारम्बार चुकाएको थियो । पहिलो हाफसम्ममा दुवैतर्फबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा पनि सहाराले पाएको केही मौका गोलमा परिणत हुन सकेन । मनाङका खेलाडी कैयौं पटक गोल गर्नबाट चुकेका थिए । मंगलबारको खेलको म्यान अफ द म्याच मनाङका अञ्जन विष्ट घोषित भए ।

उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बुधबारको खेल रमपम झापा ११ र भारतको सिक्किम युनाइटेड क्लब विच हुने आयोजकले जनाएको छ ।

गोल्डकपको विजेताले १२ लाख ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछन् भने उप विजेताले रु ६ लाख र ट्रफी पाउनेछन् ।