सल्लाहकारहरुलाई सम्मान गर्दै ऋद्धिसिद्धीले मनायो नारी दिवस « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

सल्लाहकारहरुलाई सम्मान गर्दै ऋद्धिसिद्धीले मनायो नारी दिवस


यलम्वर टाइम्स
२७ फाल्गुन २०७४, आईतवार १०:०५

अर्जुनधारा । ग्रामिण महिलाहरुको जीवनस्तर उकास्ने उद्देश्यले स्थापना भएको ऋद्धिसिद्धी महिला कृषि सहकारी संस्थाले आफ्ना सल्लाहकार सदस्यहरुलाई सम्मान गर्दै १०८औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।

संस्थाकी अध्यक्ष कुसुम राईले संस्थाका सल्लाहकार तारा श्रेष्ठ, गंगादेवी कटुवाल घिमिरे, देवकला प्रसाई र लीला राईलाई दोसल्ला ओढाउँदै फुलमालाले सम्मान गरेकी हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष राईले अझै पनि नेपाली समाजमा महिला र पुरुषका बिचमा भेद्भाव रहेको बताउँदै त्यसको विरुद्धमा उत्रनु पर्ने बताइन् । उनले समाज परिवर्तनमा नेपाली महिलाहरुको योगदान अग्र स्थानमा रहेको बताउँदै हक अधिकार प्राप्तिका लागि सबै महिला दिदीबहिनीहरु एक हुनुपर्ने बताइन् ।

संस्थाको कार्यालय परिषरमा भएको कार्यक्रममा गंगादेवी कटुवाल, देवकला प्रसाई, लीला राई, सञ्चालन समिति सदस्य इन्दुश्री निरौला लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा गत बिहीबार बोक्सीको आरोपमा राधा चौधरीलाई निर्घात कुटपिट गरेको घटनाको घोर भत्सर्ना गर्दै दोषिलाई कडाभन्दा कडा कारवाहीको माग समेत गरेका थिए ।

संस्थाकी अध्यक्ष राईको सभापतित्वमा भएको कार्यक्रममा सविता श्रेष्ठ, सरिता राई, भुपा राई, माया पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने व्यवस्थापक चन्द्रकला राईले गरेकी थिइन् ।