तेस्रो झापा गोल्डकपको फाइनलमा ८ हजार टिकट बिक्री गरिने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

तेस्रो झापा गोल्डकपको फाइनलमा ८ हजार टिकट बिक्री गरिने


यलम्वर टाइम्स
२७ फाल्गुन २०७४, आईतवार १२:१०

बिर्तामोड । तेस्रो झापा गोल्डकपको सोमबार हुने फाइनल खेलको सबै तयारी पूरा भएको बताइएको छ । आईतबार डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी भएको बताइएको हो ।

पत्रकार सम्मेलनमा फाइनल खेलका लागि ८ हजार टिकट बिक्री गरिने आयोजक समितिका महेन्द्र गिरीले बताए । टिकट बिक्री आजैबाट सुरु भएको सम्मेलनमा बताइएको छ । फाइनल खेल सुरु हुनु अघि राष्ट्रियस्तरका कलकार मेलिना राईले सांगीतिक प्रस्तुति दिने जनाइएको छ ।

बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको सोमबार हुने फाइनल खेलामा उपाधिका लागि आयोजक टीम रमपम झापा–११ र त्रिभुवन आमी क्लब मैदानमा उत्रदैछन् ।

घरेलु टोली रमपम झापा–११ ले शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई टाईब्रेकरमा ४–३ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको थियो ।

त्यसै गरी विभागीय टोली त्रिभुवन आर्मी क्लबले शनिबार मनाङलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यी दुवै टोली उपाधी उचाल्ने दाउमा मैदान उत्रदै छन् ।

प्रतियोगिताका विजेताले नगद रु. १२ लाख ५१ हजार सहित ट्रफि र उपविजेताले नगद रु. ६ लाख नगद पुरस्कार पाउनेछन् ।