किसानलाई पानी तान्ने मोटर वितरण « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

किसानलाई पानी तान्ने मोटर वितरण


यलम्वर टाइम्स
२९ फाल्गुन २०७४, मंगलवार ११:४२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका अन्तर्गत कृषि विकास शाखाले यस क्षेत्रका ९ वटा कृषि समूहलाई सिचाईंका लागि मोटर वितरण गरेको छ ।

नारी दिवसको अवसर पारेर मंगलबार अग्रगामी शान्ति महिला समाज वडा नं. ९, पुरुष जागरण चौतारो वडा नं. ७, बौद्धिक एग्रो प्लान्टेन कम्पनी वडा नं. ४, सालबारी कृषि समूह वडा नं. ११, त्रिवेणी मिश्रित कृषि समूह वडा नं. १, दाजुभाई कृषि फर्म वडा नं. ५, सृजनशील कृषक समूह वडा नं. ९, उपहार मिश्रित कृषक समूह वडा नं. १० र श्रद्धा कृषि सहकारी समूह वडा नं. ११लाई सिचाईंमा प्रयोग हुने २.५ देखि ३ हर्ज पावरसम्मको सिचाईं मोटर उपलब्ध गराईएको थियो ।

उक्त मोटर प्रमुख अतिथि फूलमाया धिमाल, नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्य, प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारती, नगर सदस्य तथा एमाले नेता कुन्दन भट्टराई, नगर सदस्य रमेश त्रिखत्री लगायतको हातबाट वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन कृषि प्रमुख शालिकराम भट्टराईले गरेका थिए ।