विपन्न ५० विद्यार्थीलाई पोशाक वितरण « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

विपन्न ५० विद्यार्थीलाई पोशाक वितरण


यलम्वर टाइम्स
२ चैत्र २०७४, शुक्रबार ०२:०३

अर्जुनधारा । अर्जुनधारा–७ स्थित अरुणोदय आधारभूत विद्यालयमा अध्ययनरत ५० जना विपन्न विद्यार्थीलाई बिहीबार एक कार्यक्रमका बीच विद्यालय पोशाक वितरण गरिएको छ ।

विद्यालयका पूर्व विद्यार्थी तथा युवा सञ्चारकर्मी कमल पोखरेलको अगुवाईमा दाताहरुको खोजी गरी उक्त विद्यालयका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

पोशाक वितरणका लागि बिर्तामोडका लिला अनमोल, विनु कट्टेल थपलिया, योगिता खाती र रोस्नी गहतराजले १० हजार बराबरको १३ थान पोशाक प्रदान गरेका थिए ।

त्यस्तै, महिला नेतृ देवकला प्रसाई र सन्तोष मोदीले ४/४ हजार रुपैयाँ बराबरको पाँच/पाँच थान पोशाक, रमेश नेपाल, छत्र कार्की, इन्दिरा श्रेष्ठले २/२ जना, विष्णु आचार्य, दिप लाइट बाँस्कोटा, राजकुमारी शेर्पा, होमनाथ भट्टराई, केदार खतिवडा र कमल पोखरेलले पनि व्यक्तिगत रुपमा एक/एक थान पोशाक प्रदान गरेका थिए ।

सोही अवसरमा हेल्पिङ ह्याण्डस्ले दोस्रो वर्ष पार गरेको अवसरमा विद्यार्थीलाई ६६ थान कपी र पेन प्रदान गरेको थियो । कार्यक्रममा हेल्पिङ ह्याण्डसका केन्द्रीय अध्यक्ष मिराज पोखरेल, सदस्यहरु अंकित पौडेल, आशिष अधिकारी, मनिष खड्का, पूर्वी राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

अभियन्ता पोखरेलका अनुसार सोही विद्यालयका थप १० जना विद्यार्थीलाई फेरि पोशाक प्रदान गरिनेछ ।