ग्यालेक्सी फिटनेशद्वारा भरोत्तोलक खेलाडीलाई बिदाई « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

ग्यालेक्सी फिटनेशद्वारा भरोत्तोलक खेलाडीलाई बिदाई


यलम्वर टाइम्स
२६ चैत्र २०७४, सोमबार १२:५२

बिर्तामोड । काठमाण्डौमा हुन लागेको अन्तर क्लब महिला तथा पुरुष भारोत्तोलन प्रतियोगितामा सहभागि हुने दुई खेलाडीहरुलाई ग्यालेक्सी फिटनेश बिर्तामोडले एक कार्यक्रम एक कार्यक्रमका बिच बिदाई गरेको छ ।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा चैत्र २८ र २९ गते काठमाण्डौमा हुन लागेको उक्त प्रतियोगितामा ग्यालेक्सी फिटनेशबाट सहभागिता जनाउन लागेका झापा भद्रपुर–१३ की करिना चौधरी र भद्रपुर–१० की राधा भुजेललाई बिदाई गरिएको हो ।

उनीहरुसँगै प्रशिक्षक मित्र साम्पाङलाई पनि बिदाई गरिएको छ । ग्यालेक्सी फिटनेशका सञ्चालकद्वय चन्द्र राना मगर लाफा र सन्दिप शेर्माले अविर र दोसल्ला ओढाई उनीहरुलाई बिदाई गरेका हुन् ।

मेची अञ्चलबाटै महिला प्रतियोगिको रुपमा सहभागिता जनाउन लागेका दुवै खेलाडीले जुनियरतर्फ ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक साम्पाङले बताए ।

करिना काठमाडौँमा सम्पन्न सुनिल जोशी स्मृति प्रतियोगिताको जुनियरतर्फ स्वर्ण विजेता हुन् । उनले पोखरामा सम्पन्न राखेप च्याम्पियनसीपमा पनि तेस्रो स्थान प्राप्त गरेकी थिइन् । राधा भने पहिलोपल्ट सहभागी बन्दै गरेको बताएका छन् ।

कार्यक्रममा ग्यालेक्सी फिटनेशका सञ्चालकद्वय मगर र शेर्माले जीतको शुभकामना दिँदै खेलाडी तथा प्रशिक्षकलाई मायाँको चिनो स्वरुप एक–एक थान टि–सर्ट प्रदान गरेका थिए ।