आधुनिक गीत लिएर आए भूपाल « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

आधुनिक गीत लिएर आए भूपाल


यलम्वर टाइम्स
५ बैशाख २०७५, बुधबार १२:५७

[नरेश खाती]

अर्जुनधारा । सानैदेखि कविता, गीत लेख्न रुचाउने भूपाल उप्रेतीको आफ्ना गीतलाई, संगीतको धुनमा उतार्ने इच्छा पूरा भएको छ ।

उप्रेतीले नयाँ वर्ष २०७५ सालको अवसर पारेर ‘न त भूलेर गयौ, न त छाडेर गयौ, बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् ।
शशी विक्रम थापाको संगीतमा चर्चित गायक मनोराजले मीठो स्वर दिएका छन् ।

अर्जुनधारा वडा न ९ निवासी गीतकार उपे्रती सानैदेखि कविता लेख्न मनपराउँथे । किशोर अवस्थामा आईपुग्दा नपुग्दै उनले माया प्रितीका गीत लेख्न थालेका हुन ।

गीत संगीतलाई माया गर्ने गीतकार उप्रेती, स्थानीय स्तरमा हुने साहित्यीक कार्यक्रमहरु छुटाउँदैनथे । रेडियोमा गीत बज्दा आफ्ना पनि गीत यसरी सुनाउँने धोको थियो उनी सम्झन्छन् ।

हाल अडियोमा रहेको उप्रेतीको गीत छायाँकन भइरहेकोले छिटै भिडियोमा आउने भेटमा बताए ।