आउने असार मसान्तबाट राज्यले लागू गर्ने « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

आउने असार मसान्तबाट राज्यले लागू गर्ने


यलम्वर टाइम्स
१५ बैशाख २०७५, शनिबार ०९:००

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले एकीकृत सम्पत्ति कर सम्बन्धि दुई दिने अभिमुखिकरण आज समापन हुने गरी अगाडि बढाइएको छ ।

नगर क्षेत्रका राजनीतिक दल, विभिन्न संघसंस्था, निर्वाचित प्रमुख, उपप्रमुख साथै वडाध्यक्ष र नगर सदस्यहरुबीच भएको अभिमुखिकरणमा एकीकृत सम्पत्ति कर सम्बन्धि अवधारणा राखिएका थिए ।

प्रमुख प्रशिक्षक पंकज भुर्तेलले एकीकृत सम्पत्ति कर लागू भए घरजग्गा र मालपोत कर तिर्नु नपर्ने राज्यको धारणा रहेको बताए । उनले एकीकृत सम्पत्ति कर लागू भए स्थानीय सरकार मजबुदसँगै जनताको उत्तरदायित्व पूरा गर्न मद्दत पुग्नेमा जोड दिए ।

भुर्तेलले अगाडि भने राज्यले ऐन कानून बनाएर छाडेको हुँदा त्यसलाई लागू गर्न तपाई हाम्रो दायित्व भएको बताउँदै ०७५ साल असार मसान्तबाट एकीकृत सम्पत्ति कर लागू भएर जाने जोड दिए ।

कार्यक्रममा उपप्रमुख कमला खतिवडा आचार्यले शनिअर्जुन नगरपालिका हुँदै छलफल र बहसको रुपमा अगाडि बढेको सम्पत्ति कर राज्यले यही असारबाट लागू गराउन लागेको हुँदा त्यसलाई ऐन कानून अनुसार जनतालाई जानकारी गराउँदै अगाडि बढाउनु पर्ने बताइन् ।

कार्यक्रमको अध्यक्ष समेत रहेकी उपप्रमुख आचार्यले एकीकृत सम्पत्ति कर लागू गरिंदा कुनै अप्ठ्यारो नहुनेमा जोड दिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सहभागिलाई स्वागत गर्दै एकीकृत सम्पत्ति करका विषयमा आफ्ना भनाई राखेका थिए ।

अधिकृत खतिवडाले करलाई व्यवस्थित गर्नका लागि राज्यले यस्ता खाले कानून अगाडि सारेको बताए । अभिमुखिकरण कार्यक्रममा कर तथा शुल्क सम्बन्धि अवधारणा, स्थानीय तहका राजश्व अधिकार, एकीकृत सम्पत्ति करको अवधारणा र सम्पत्ति कर प्रशासन, सम्पत्तिको पहिचान तथा करदाता संकेत नम्वर र सम्पत्तिको पहिचानमा अभ्यास बारे जानकारी गराएका थिए ।

आज हुने अभिमुखिकरणमा जग्गा तथा संरचनाको मूल्याङ्कन, करको दर निर्धारण तथा एकीकृत सम्पत्ति कर कार्यविधि र एकीकृत सम्पत्ति कर कार्यान्वय, कार्ययोजना तथा प्रशिक्षण योजनाबारे जानकारी दिने भएका छन् ।

कार्यक्रममा पदमराज घिमिरे, महेश लामिछाने आदिले सहजीकरण गरेको सञ्चालक अधिकृत हिम सेढाईंले जानकारी दिए । एकीकृत सम्पत्ति कर झापामा बिर्तामोड, मेचीनगर, शिवसतासी, कनकाई र दमक नगरपालिकामा लागू भई कार्ययोजना अगाडि बढाइएको छ ।

सम्पत्ति कर लागू हुँदा त्यस्तो आतिनु नपर्ने उल्टै सम्पत्तिको संरक्षण र राज्यले जनतामाथि दिने सुविधाको ग्यारेन्टी हुने जस्ता कुरा अभिमुखिकरणमा उठेको थियो ।