स्थानीय तह सम्बन्धि समाचार लेखन तालिम सम्पन्न « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

स्थानीय तह सम्बन्धि समाचार लेखन तालिम सम्पन्न


यलम्वर टाइम्स
१५ बैशाख २०७५, शनिबार १०:४१

अर्जुनधारा । शुक्रबारबाट शुरु भएको स्थानीय तह सम्बन्धि समाचार लेखन तालिम सम्पन्न भएको छ ।

शनिश्चरे बजार स्थित सामुदायिक भवनमा भएको तालिममा अर्जुनधारा नगरभित्रका क्रियाशील पत्रकार र वडाबाट सिफारिस भएर आएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

अर्जुनधारा प्रेस क्लबको आयोजना तथा अर्जुनधारा नगरपालिकाको सहयोगमा सम्पन्न तालिममा स्थानीय तहका समाचार कसरी लेख्ने, के कस्ता व्यवस्थाहरु रहेका छन्, समाचार लेख्दा भाषाको प्रयोग सम्बन्धी जानकारी गराइएको थियो ।

क्लबका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कमला खतिवडा आचार्य रहेकी थिइन् । कार्यक्रममा क्लबका सल्लाहकार दिपीन राई, प्रशिक्षक हरिबहादुर थापा, सहभागिकातर्फबाट सुष्मा त्रिखत्री, क्रिष्टिना न्यौपानेले बोलेका थिए ।

तालिममा सहभागिहरुलाई प्रमुख अतिथि आचार्य, प्रशिक्षकद्वय हरिबहादुर थापा, अखण्ड भण्डारी, सल्लाहकार राईले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।