खुदुनाबारीमा एकीकृत सम्पति कर सम्बन्धि अभिमूखिकरण « Yalambar Times
२८ बैशाख २०८१, शुक्रबार

खुदुनाबारीमा एकीकृत सम्पति कर सम्बन्धि अभिमूखिकरण


यलम्वर टाइम्स
३ जेष्ठ २०७५, बिहीबार ०६:५३

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले एउटा वडालाई ५ वटा टोलमा रुपान्तरण गरी अगाडि बढेको हुनाले वडाको विकास र प्रगतिमा केन्द्रित हुन नागरिकहरुलाई आग्रह गरेका छन् ।

अर्जुनधारा–३ स्थित आइतबारे टहरामा अर्जुनधारा नगरपालिकाले आयोजना गरेको एकीकृत सम्पति कर एवम् योजना तर्जुमा सम्बन्धी अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गदै उक्त कुरा बताएका हुन् ।

प्रमुख रानाले पशुपन्छी, महिला, बालबालिका, जेष्ठ नागरिक, कृषि र सहकारी कार्यक्रमलाई वडास्तरमा सँगसँगै जोडेर अगाडि बढाउने बताए । उनले भने वस्तीको निश्चित स्थानमा कृषिको उत्पादन केन्द्र र पर्यटनसँग जोडेर कार्यक्रम तय गर्ने सोच नगरपालिकाको रहेको बताए । बदलिदो परिस्थिती सबै नागरिकलाई बुझ्न आग्रह गदै उनले भने गाँस काटेर नागरिकले कर तिरेको रकम खेर नजान सबैं सजग हुनुपर्ने बताए ।

६० जना जनप्रतिनिधि र ८० जना कर्मचारी मागदर्शक मात्र भएकाले हजारौं महानुभावहरुको सोच, विचारले नगर क्षेत्र सुन्दर हुने धारणा व्यक्त गदै प्रमुख रानाले भने प्राकृतिक श्रोत सम्पदा र एकीकृत सम्पति कर आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउने दाबी गरे ।

कार्यक्रमलाई स्वागत गदै अर्जुनधारा–३ का वडा अध्यक्ष जीवनकुमार भण्डारीले आफ्नो वडा पछाडि परेको भूगोल भएकाले पशुपालन, माछापालन, कृषि, सामुदायिक वनका सबै तह–तप्काका महानुभावहरुलाई हातेमालो गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा करको अवस्था, त्यसका पक्षहरु, चुनौतीहरु, सम्पति कर प्रकाशनका चरणहरु, करको मूल्याङ्कन, पहिचान लगायतका विषयमा सहजकर्ता विजय तिम्सिनाले प्रकाश पारेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगर क्षेत्रमा कृषि, पशु र महिला, बालबालिका विषयगत शाखाले गरेका काम र सम्भावनाका विषयमा कृषि अधिकृत शालिकराम भट्टराई, पशु शाखा अधिकृत पदमलाल राई, महिला बालबालिका शाखा प्रमुख पवित्रा बाँस्कोटाले आ–आफ्नो धारणा राखेका थिए ।

वडा नं. २ का अध्यक्ष रघुनाथ खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्रमुख कमला खतिवडा, योजना अधिकृत हिमराज सेडाई लगायतले बोलेका थिए । कार्यक्रममा वडा नं. २ र ३ का २ सय नागरिकहरुको सहभागिता रहेको खरिदार खगेन्द्र लिङ्देनले बताए ।