क्रसरले खोला बहाक स्थान प्रयोग गरेको हुँदा नगरको ध्यान जान जरुरी « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

क्रसरले खोला बहाक स्थान प्रयोग गरेको हुँदा नगरको ध्यान जान जरुरी


यलम्वर टाइम्स
१३ जेष्ठ २०७५, आईतवार १२:२०

प्रमुख अतिथि बीरमणि ढकाल ।

अर्जुनधारा । पूर्व वन राज्य मन्त्री तथा विरिङ नदी जलाधार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष बीरमणि ढकालले विरिङ नदी किनारमा क्रसर राखेर सञ्चालन गरेकोमा नगरपालिकाको ध्यान पुग्न जरुरी रहेको बताएका छन् ।

दुर्गा भवानी शक्तिपीठको प्राङ्गणमा आईतबार आयोजित ब्लक नं. ७ को नवौं अधिवशेनलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले खोला किनारमा क्रसर राखेर खोला बहाक ठाउँलाई प्रयोग गरेको हुँदा बर्खामा आउने भेलले ब्लक नं. ७का वासिन्दालाई असर पार्ने भएको हुँदा नगरको ध्यान पुग्न जरुरी रहेको बताएका छन् ।

उनले विरिङ नदी नजिक ३ वटा क्रसर राखिएको थियो । ति सञ्चालित क्रसर दिनदिनै खोलाभित्र प्रवेश गरेको समेत आरोप लगाए ।

खोलाभित्र क्रसर सञ्चालित हुँदै आएको नवौं अधिवेशनमा उपस्थित सर्वसाधारणले चर्चा चलाएपछि प्रमुख अतिथि ढकालले ब्लक नं. ७ को समस्या नगरलाई राखेर समाधानको बाटो खोज्न नयाँ समितिलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा विरिङ नदी जलाधार व्यवस्थापन समितिका केन्द्रीय अध्यक्ष छविलाल शिवाकोटीले संरक्षण धारभित्र बालुवा, गिट्टी उठाउन नहुने स्पष्ट नीति हुँदा हुँदै पनि मनपरी ढंगबाट बालुवा, गिट्टी उठाउँदा त्यसको असर खोला नजिकका सर्वसाधारणलाई पर्ने भएको हुँदा त्यसप्रति नगर सचेत भइ नीति बनाउनु पर्ने बताए ।

अर्का अतिथि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका मानबहादुर कार्कीले अधिवेशनको शुभकामना मन्तव्य राख्दै खोलालाई दोहन गरेर चुरे श्रृङ्खलाको पनि दोहन गरेको हुँदा त्यसको संरक्षण गर्न नगरपालिकालाई आग्रह गर्नुपर्ने बताए ।

ब्लक नं. ७ का अध्यक्ष युवाराज पौडेलको सभापतित्वमा भएको अधिवेशनमा टाङटिङ नदी नियन्त्रणका अध्यक्ष विदुर भट्टराई, जग्गादाता श्रीबहादुर भट्टराई, जलाधारका पूर्व अध्यक्ष श्रीप्रसाद कटुवाल, जलाधार केन्द्रका कोषाध्यक्ष एलबी गिरी, नगर सदस्य सेमन्त ढकाल, नविन ओली, महेश ढकाल लगायतको आतिथ्य रहेको थियो ।

अधिवेशनको बन्द सत्रले ब्लक नं. ७ भित्र पर्ने स्थानमा चरिचराउ बन्द गर्ने, वृक्षरोपण बन्द गर्ने, हाताभित्र रहेको रुखहरुलाई संरक्षण गर्ने, खोलाभित्र प्रवेश गर्दै गरेको क्रसरलाई नगरपालिकामार्फत आपसी समझदारीबाट हटाउने जस्ता विषयमा छलफल अगाडि बढाइएको थियो । कार्यक्रमपछि निर्वाचन मण्डलमार्फत नयाँ कार्यक्रम समेत गठन गरिएको थियो ।

समितिको अध्यक्ष गजेन्द्र कटुवाल, उपाध्यक्ष श्रीबहादुर भट्टराई, सचिव मदन दनुवार, सहसचिव कमला खनाल, कोषाध्यक्षमा सुशिला पौडेल निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरुमा मानबहादुर खड्का, भक्त दियाली, कमल भट्टराई, निर्मला लिम्बू चयन भएका छन् । यसरी नै सल्लाहकार समितिमा युवराज पौडेल, श्रीप्रसाद कटुवाल, महेश ढकाल, देवीमाया ढुंगाना, प्रेमचन्द्र पौडेल रहेका छन् ।