जनप्रतिनिधि र कर्मचारीलाई योजना तर्जुमा तथा बजेटिङ तालिम « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

जनप्रतिनिधि र कर्मचारीलाई योजना तर्जुमा तथा बजेटिङ तालिम


यलम्वर टाइम्स
२० जेष्ठ २०७५, आईतवार १२:१६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीका लागि योजना तर्जुमा तथा बजेटिङ सम्बन्धि दुई दिवसीय तालिम सम्पन्न भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोग र जिल्ला समन्वय समिति झापाको आयोजनामा तालिम शुक्रबारबाट सुरु भएको थियो ।

अर्जुनधारा नगरपालिकाको सभाकक्षमा सम्पन्न उक्त तालिममा गोविन्द अधिकारी, जय तिम्सिना, विजय तिम्सिना लगायतले सहजीकरण गरेका थिए । नगरपालिकाको योजना तर्जुमा प्रक्रिया, बजेट निर्माण, योजना छनोट प्रक्रिया, साधन स्रोत व्यवस्थापन लगायतका विषयमा तालिम केन्द्रित रहको थियो ।

तालिमको समापन गर्दै अर्जुनधारा नगरपालिकाको प्रमुख हरिकुमार रानाले योजना तर्जुमा गर्दा विकासका सूचकहरुमा आफ्नो नगरमा कुनमा अगाडि र कुनमा पछाडि रहेको छ भन्ने कुरामा ध्यान दिने बताए ।

‘भूगोलमा गएर जनताको आवश्यकता र समस्या बुझेका छौं , त्यसैले वस्तुगत अवस्था हेरेर बजेट विनियोजन गरिनेछ ’, उनले भने, ‘ तालिमले राम्रो गाइड लाइन गरेको छ । त्यसैले जनताको विकास र परिवर्तनको अनुभूति हुनेगरी योजना बनाउन सहज पुग्ने छ ।’

नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप–प्रमुख कमला खतिवडा, ११ का वडाअध्यक्ष भैरव खड्का, बोर्ड सदस्य दिलमाया दास लगायतले तालिममा लिएको विषयको बारेमा आ–आफनो धारणा राखेका थिए ।

तालिममा वडाअध्यक्षहरु गजाधर खतिवडा, रघुनाथ खनाल, जीवन कुमरा भण्डारी, दुर्गा प्रसाद दाहाल, ध्यान बहादुर भारती, लोकनाथ गौतम, नवीन ढुङ्गाना, गोपिचन्द्र गौतम, पुष्पराज प्रसाई, बलदेव सिंह गोम्देन, बोर्ड सदस्यहरु दिलिप गुरुङ, रमेश त्रिखत्री, खिनमान दास, लक्ष्मी तामाङ, हरिमाया भण्डारी, शकुन्तला बराल, लेखा अधिकृत मदन कुमार पौडेल, पशु अधिकृत पदम राई, कृषि अधिकृत शालिकराम भट्टराइ, शिक्षा अधिकृत जानुका गुँरागाइ, प्रशासकीय अधिकृत डेनजनी आचार्य, खरिदार खगेन्द्र लिङदेन लगायतको सहभागिता रहेको थियो ।