‘सोनिया हिडाऔं अभियान’मा सहयोग जुट्दै « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

‘सोनिया हिडाऔं अभियान’मा सहयोग जुट्दै


यलम्वर टाइम्स
२९ जेष्ठ २०७५, मंगलवार १२:५९

काठमाण्डौ । स्पाईनल ड्यामेज भएकी सोनिया भूजेलको उपचार स्पाईनल ईन्जूरी पुनस्र्थापना केन्द्र साँगा काभ्रेमा सुरु भएको छ ।

उनलाई अस्पतालका डा. राजु ढकालको निगरानीमा आईतबारबाट उपचार सुरु भएको ‘सोनिया हिडाऔँ अभियान’की संयोजक पवित्रा लिम्बूले जानकारी दिएकी छिन् । डा. ढकाल नेपालको एक मात्र स्पाईनल ईन्जूरी सम्बन्धी स्पेसियलिष्ट डाक्टर हुन् ।

भाषा, संस्कृतिको उद्यायनमा लागेको याक्थुङ नालिफुङवा चुम्भोले मानवीय संवेदनाको हिसाबले ‘सोनिया हिडाऔँ अभियान’ सञ्चालन गरेपछि सबै क्षेत्रबाट सहयोग जुट्दै गएपछि सोनियाको उपचार सम्भव भएको चुम्भोका अध्यक्ष बीरवल जवेगूले बताए ।

अध्यक्ष जवेगूले अभियानलाई सहयोग पुर्याउने अभियान्ता तथा सहयोगी हातहरुलाई धन्यवाद समेत दिएका छन् । सोनियालाई उपचार गर्न बिएण्डसी अस्पताल बिर्तामोड, शान्ति स्वास्थ्यालय सिलिगुढी, बाल अपाङ्ग अस्पताल बनेपा हुँदै स्पाईनल ईन्जूरी पुनस्र्थापना केन्द्र साँगा काभ्रेमा पु¥याइएको छ ।

यी सबै अस्पतालहरुसँग प्रत्यक्ष कुराकानी हुँदा सोनिया भूजेलको उपचार फिजियोथेरापीबाट मात्रै सम्भव हुने भएको बताइएको थियो । सोही अनुरुप बुधबार उपचार सुरुवातको आग्रिम अवस्था बुझ्न अभियानका संयोजक पवित्रा लिम्बू, चुम्भोका आर्थिक प्रमुख तुलाराम बोखिम, अभियान्ता सेलिङ केसी, शान्ता योङहाङ, किशोर राई स्पाईनल ईन्जूरी पुनस्थापना केन्द्र साँगा पुगेका थिए ।

अस्पतालले सोनियालाई अस्पतालमा नै ल्याउनु पर्ने बताएपछि संस्थाका अध्यक्ष बीरबल जवेगूको नेतृत्वमा सोनिया भूजेल सहित उनका बुवा चन्द्रबहादुर भूजेल अस्पताल पुगेका छन् । सोनियालाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । ६ वर्ष पहिले छिमेकीको धारिलो हतियार प्रहारबाट थलिएकी सोनियाले पुनर्जीवन पाउने अभियानले आश गरेको छ ।

उपचारमा संलग्न डाक्टरहरुको अनुसार लामो समयसम्म फिजियोथेरापी गरे सोनिया आत्मनिर्भर हुन सक्ने बताएका छन् । चुम्भोकै तर्फबाट उपचार सुरु भएको छ भने उनका बावु चन्द्रबहादुर भूजेल छोरीको निगरानीमा रहेका छन् । उपचारमा लाग्ने खर्च, औषधि चुम्भोले नै व्यवस्थापन गरिदिएको बताइएको छ ।