वीरता जेसीजले दियो विद्यालयमा पंखा « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

वीरता जेसीजले दियो विद्यालयमा पंखा


यलम्वर टाइम्स
२९ जेष्ठ २०७५, मंगलवार १३:१२

बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजको आयोजनामा आइतबार अर्जुनधारा–५ बैसाबाडीस्थित नवज्योति आधारभूत विद्यालयलाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।
चर्को गर्मीमा विद्यार्थीलाई कक्षा कोठामा बस्न र पठन–पाठन गराउन समस्या भएपछि विद्यालयको आग्रहमा पंखा (सिलिङ फेन) लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा विद्यार्थीका लागि कापी, फुटबल, भविबल, प्लाष्टिक कुर्सी तथा प्रधानाध्यापक बस्ने कुर्सी प्रदान गरिएको हो । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष एवम् समाजसेवी राजेन्द्रकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष जीवनकुमार खतिवडा र प्रधानाध्यापक कमलप्रसाद भण्डारीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
वीरता जेसीजको तर्फबाट प्रमुख अतिथि थापा, अध्यक्ष गिरी, कार्यक्रम संयोजक ओमप्रकाश लुइँटेल, सहयोगदाताहरुले सामग्री हस्तान्तरण गरेका थिए । युवा समाजसेवी घनेन्द्रराज खनाल, श्रेया डान्स सेन्टरकी गीता ढुंगेल, पपुलर बुक्सका चेतन ढुंगाना, खगेन्द्र काष्ठ फर्निचर उद्योगका सञ्चालक खगेन्द्रप्रसाद खरेल लगायतले उक्त सामग्री सहयोग प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि विद्यालयका लागि जग्गादाता परिवारका सदस्य समेत रहेका थापा, सहयोगदाता घनेन्द्रराज खनाल, अध्यक्ष खतिवडा लगायतले मन्तव्य राखेका थिए ।
प्रकरण निर्देशक विशाल थापाले आस्था वाचन र तालिम संयोजक विकास बस्नेतले जेसीआई मिसन भिजन वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए ।
सन् २०१८ का रक्तदान संयोजक रहेका उक्त कार्यक्रमका संयोजक लुइँटेलले स्वागत गरेका थिए ।