लिम्बू चलचित्रको विशिष्ठिकरणका लागि कार्यशाला « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

लिम्बू चलचित्रको विशिष्ठिकरणका लागि कार्यशाला


यलम्वर टाइम्स
११ असार २०७५, सोमबार ०८:४७

[सन्देश सुब्बा]

पाँचथर । पर्यटकीय स्थल फिदिम नपा–६, लब्रेकुटिमा लिम्बू चलचित्र (स्क्रिफ्ट) लेखन सम्बन्धि तीन दिने कार्यशाला आइबार सम्पन्न भएको छ ।

लिम्बू चलचित्र निर्माणलाई सिद्धान्तपरक र विशिष्ठिकरण गर्दै लैजान सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको आयोजक लिम्बू चलचित्रकर्मी संघले जनाएको छ ।

कार्यशालामा राजधानी सहित पूर्वका विभिन्न जिल्लाका २० जना लिम्बू चलचित्रकर्मीहरुको सहभागिता रहेको आयोजक संस्थाका उपाध्यक्ष रवि शेर्माले बताए ।

कार्यशालामा लिम्बू चलचित्र लेखनका लागि बिषयवस्तुको छनौंट साथै स्क्रिफ्ट लेखनका विविध पक्षबारे अनुप सुवेदीले सहजीकरण गरेका थिए । तीन दिनसम्म चलेको कार्यशालामा सहभागिहरुलाई समूहमा बिभाजन गरी स्क्रिफ्ट लेखनको अभ्यास समेत गराइएको थियो ।

समापन समारोहमा बोल्दै सहजकर्ता सुवेदीले कार्यशालाको सिकाई र अभ्यासले आगामी दिनमा स्थरीय लिम्बू चलचित्र निर्माण हुने आशा व्यक्त गरे ।

उक्त कार्यशाला नेपाल चलचित्र बिकास बोर्ड अन्तर्गत आदिबासी जनजाति मातृभाषि चलचित्र प्रबद्र्धन समितिको सहयोगमा सम्पन्न भएको आयोजक लिम्बू चलचित्रकर्मी संघका केन्द्रीय सदस्य सागर केरुङले बताए ।