गुरु पूर्णिमामा कराँते गुरुहरुलाई सम्मान « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

गुरु पूर्णिमामा कराँते गुरुहरुलाई सम्मान


यलम्वर टाइम्स
१२ श्रावण २०७५, शनिबार ०२:०६

अर्जुनधारा । सितोरियो कराँते डोजाङ अर्जुनधारा नगर कमिटीले कराँतेका संस्थापक झापा प्रमुखहरुलाई सम्मान गर्दै गुरु पूर्णिमा मनाएको छ ।

शनिश्चरे माविको प्राङ्गणमा झापामा कराँते भित्र्याउने पहिलो व्यक्ति मदन उप्रेती, कालु मेचेलाई अर्जुनधाराका कराँते प्रशिक्षक तथा अन्तर्राष्ट्रिय गुरु कुमार उप्रेतीले अविर, फूलमाला र खादाले सम्मान गरेका थिए ।

सोही समयमा शनिश्चरेका प्रशिक्षक कुमार उप्रेती र शनिश्चरे चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक सुरेन्द्रकुमार संग्रौलालाई खेलाडीहरुले खादा र अविर लगाएर सम्मान गरेका थिए ।

झापामा २०४४ सालमा मदन उप्रेती र कालु मेचेको पहलमा सितोरियो कराँते डोजाङ भित्र्याइएको थियो भने २०५८ सालमा कुमार उप्रेतीले शनिश्चरे–अर्जुनधारामा कराँतेको शाखा डोजाङ भित्र्याएर खेललाई अग्रस्थानमा पुर्याएका थिए ।

कार्यक्रममा शनिश्चरेका प्रशिक्षक कुमार उप्रेतीले गुरु बिनाको चेला हुँदैनन्, चेला बिनाको गुरु हुँदैनन् गुरु पूर्णिमाका दिन आफूलाई शिक्षा–दिक्षा, ज्ञान दिने गुरुलाई बिर्सनु भनेको आफैमा हराउनु हो भन्दै कराँते गुरु उप्रेती र मेचेको योगदानको विषयमा प्रकाश पारेका थिए ।