ठूलो नेतेमा काठको पुल « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

ठूलो नेतेमा काठको पुल


यलम्वर टाइम्स
१८ श्रावण २०७५, शुक्रबार ०६:०५

अर्जुनधारा । अर्जुनधारा–१ र २ लाई सहयोग पुग्ने गरी ठूलो नेते खोलामा काठको फड्के पुलको निर्माण भएको छ ।

नगर प्रमुख हरिकुमार रानाले रिवन काटेर उक्त फड्के पुलको उदघाट्न गर्दै ठूलो नेते खोलामा आउने वर्षबाट पक्की पुल निर्माण गरेर जाने बताउँदै पक्की पुल निर्माणका लागि नगरले अहिले नै सोच बनाएको र प्रदेशको समेत ध्यानाकर्षण गरिने जनाए । नगर प्रमुख रानाले सानो नेतेमा भने यसै वर्षमा पक्की पुल बनेर जाने छ ।

तीनवटा सामुदायिक वनको संयुक्त र अर्जुनधारा नगरपालिकाको ५ लाख गरी २९ लाख ९२ हजार २ सय ३१ रुपैयाँको लागतमा पुल निर्माण भएको शान्ति सामुदायिक वनका सह–सचिव एवम् पुल निर्माणका सदस्य हेमराज आचार्यले बताएका छन् । काठको पुल निर्माणसँगै खोलाधारमा तारजाली समेत तटबन्धन गरिएको छ ।

हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलटार खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, वन महासंघ झापाका अध्यक्ष वेदप्रसाद भण्डारी, रोङ–२ का अध्यक्ष टेक बहादुर तामाङ, जुकेखाडी वनका अध्यक्ष दिव्य कट्टेल, अर्जुनधारा नगरसभा सदस्य माधव आचार्य लगायतले उक्त पुलबाट यस क्षेत्रका बासिन्दाहरु लाभान्वित भएको बताए ।

शान्ति सामुदायिक वनका अध्यक्ष तुलसी खतिवडाको स्वागत रहेको कार्यक्रम सञ्चालन इन्द्र कुइकेलले गरेका थिए ।

अर्जुनधारा नगर क्षेत्रका शान्ति र हलुवागढ सहित रोङ गाउँपालिका क्षेत्रको वरफल्याङ सामुदायिक वनको साझेदारीमा उक्त पुल सम्पन्न भएको जनाइएको छ ।