फेवातालमा मृत अवस्थामा एक युवती फेला « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

फेवातालमा मृत अवस्थामा एक युवती फेला


यलम्वर टाइम्स
११ भाद्र २०७५, सोमबार ०७:४३

पोखरा । पोखराको फेवाताल स्थित ड्याम साइडमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

आईतबार रातिदेखि सम्पर्क बिहिन रहेकी पुम्दीभुम्दी स्थित शान्ती स्तुप नजिक घर भएकी सुस्मिता लामिछाने मृत अवस्थामा फेला परेकी हुन् ।

पोखराको छोरेपाटन उमाविमा कक्षा १० पढ्दै आएकी १७ वर्षिय सुस्मिताले अन्तिम कल नविन गुरुङलाई गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शवसँगै उनको झोलामा मोबाइल भेटिएपछि प्रहरीले सोही आधारमा खोजी थालेको छ ।

पारिवारिका अनुसार बेलुका साढे ४ बजे घरबाट निस्केकी उनी राति १२ सम्म सम्पर्कमा रहेको त्यसपछि ‘गुड बाई’ म्यासेज पठाएको थिइन् ।