२९ परिवारको मुहार उज्यालो « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

२९ परिवारको मुहार उज्यालो


यलम्वर टाइम्स
११ कार्तिक २०७५, आईतवार १०:४२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ ले आफ्नो वडाको २९ असाहय परिवारलाई गरिबसँग दशैं उपहार प्रदान गरेको छ ।

वडाध्यक्ष लोकनाथ गौतमका अनुसार दशैंमा थोरै भए पनि मुहार खुशी होस् भनी उक्त दशैं उपहार प्रदान गरिएको बताए ।

दशैं उपहार प्राप्त गर्नेहरुमा इन्द्रमाया धमला, रजनी खवास, अमर गुरुङ, कुमारी दनुवार, बिमल गौतम, सुकनाथ दनुवार, बुधनलाल खवास, दिलबहादुर गुरुङ, बुलन्ती मुसहर, कुमार दनुवार, हाङमति लिम्बू, धनमाया शिवा, मधुमाया विश्वकर्मा, असकर ओली, होमनाथ मैनाली, बीरबहादुर विश्वकर्मा, मानबहादुर तामाङ रहेको वडा सदस्य अर्जुन मेचेले जानकारी दिए ।

यसरी नै रुमु मुर्मु, कुलबहादुर दर्जी, सीता बर्देवा, एक्ले दनुवार, गोपाल श्रीदेव, पवित्रा विश्वकर्मा, हरिनसिंह राजवंशी, पानसरी मुर्मु, सरोज तामाङ, कर्मछिरिङ तामाङ, लक्ष्मी गिरी र तिलामाया दनुवार रहेको महिला सदस्य लक्ष्मीदेवी दंगालले बताइन् ।

कार्यक्रममा पत्रकार दिपीन राई, वडा सदस्य टुम्मनाथ काफ्ले, माया खाती लगायतले आ–आफ्नो विचार राखेका थिए ।

उक्त उपहार प्रत्येक परिवारलाई ५–५ हजार बराबरको सामग्री रहेको वडा कार्यालयले जानकारी दिएको छ ।