देवकोटा जयन्ती भव्य मनाउने « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

देवकोटा जयन्ती भव्य मनाउने


यलम्वर टाइम्स
११ कार्तिक २०७५, आईतवार ११:०७

अर्जुनधारा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्ती मनाउन एक कार्य समिति निर्माण भएको छ ।

शुक्रबार दुर्गा मन्दिरको परिषरमा भएको भेलाले उक्त कार्य समिति चयन गरेको हो । समितिको संयोजकमा साहित्यकार कृष्ण बराल रहेका छन् भने सहसंयोजकमा हरि काफ्ले र सचिवमा कृष्ण पौडेल चुनिएका छन् ।

यसरी नै सदस्यहरुमा कुमार भट्टराई, चतुर्भुज काफ्ले, शेखर प्रधान, दिपीन राई र भवानी गौतम रहेका छन् ।

ज्येष्ठ नागरिक मिलन समाजको अगुवाईमा भएको गठनमा उक्त समितिले कात्र्तिक २१ गते बुधबार विभिन्न साहित्यसँगै सांगीतिक कार्यक्रम गर्ने र ११० औं लक्ष्मी जयन्तीको अवसरमा अन्तरक्रिया समेत गर्ने भएको छ ।

सोही दिन युवा साहित्यकार कृष्ण धरावासी, कवि मोहनप्रसाद घिमिरेलाई नगदसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

बिहान ११ बजेबाट २ बजे सकिने गरी उक्त कार्यक्रम तय भएको ज्येष्ठ नागरिकका सचिव नरेन्द्र तिम्सिनाले जानकारी दिए ।