वीरता जेसीज वर्ष २०१९ को नेतृत्व चयन « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

वीरता जेसीज वर्ष २०१९ को नेतृत्व चयन


यलम्वर टाइम्स
३ पुष २०७५, मंगलवार ०८:३२

बिर्तामोड । वीरता जेसीज सन् २०१९ का लागि अध्यक्ष पदमा विशाल थापा निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार शुरु भएको वीरता जेसीजको ३८औं साधारण तथा अधिवेशन सोमबार राति नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा जीवनकुमार खड्का र दिवाकललाल चौधरी, सहसचिवमा सञ्जिव घिमिरे चयन भएका छन् ।
उपाध्यक्षहरुमा टहलदास ओली, लोकचन्द्र श्रेष्ठ, पुकार बराल र मनोज साह चयन भएका छन् । जनसम्पर्क अधिकारीका युवराज कुँवर, प्रकरण निर्देशकमा अशोक चौधरी र तालिम संयोजकमा अमरजीत साह चयन भएका छन् ।
निर्वाचन अधिकृत निवर्तमान अध्यक्ष सञ्जु भारतीले सबै पदमा निर्विरोध नेतृत्व चयन भएको घोषणा गरेका थिए । घोषणा कार्यक्रममा वीरता जेसीज सन् २०१८ का अध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष तथा जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले   शुभकामना व्यक्त गरेका थिए ।
समितिको कानूनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पदमा अध्यक्षले पदहस्तान्तरण समारोहमा मनोनयन गर्ने व्यवस्था छ ।
वर्ष २०१८ को नेतृत्वले २०१९ को नेतृत्वलाई आगामी जनवरी पहिलो साता पद हस्तान्तरण गर्ने कार्यक्रम छ ।