कुलतको ७५ प्रतिशत काम सकियो « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

कुलतको ७५ प्रतिशत काम सकियो


यलम्वर टाइम्स
६ माघ २०७५, आईतवार १०:३५

झापा । पूर्वेली कलाकर संघले निर्माण गर्दै आएको चलचित्र ‘कुलत’ को ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

विशेष गरेर टिन एजर्सहरुमा केन्द्रीत रहेर निर्माण गरिएको उक्त चलचित्रमा विद्यालय, क्याम्पसमा अध्ययन गर्ने किशोरकिशोरीहरु कसरी कुलतमा फस्छन् भन्ने कुरालाई देखाइएको निर्देशक कसम खवासले जानकारी दिए ।

उनले भने, ‘कुलतमा उनीहरु फसेपछि कस्ता–कस्ता समस्याहरुको सामना गर्नुपर्छ सो कुरा देखाउन खोजेका छौं ।’

१२ लाख रुपैयाँको लागतमा निर्माण हुँदै आएको ‘कुलत’को सुटिङ झापा, इलाम लगायत पूर्वका पर्यटकीय क्षेत्रहरुमा गरिएको छ ।

चलचित्रमा बृख साउदेन, उषा मगर, ज्ञानु श्रेष्ठ, सुसन लिम्बू, निक्की विक, प्रितिसा अधिकारी, सुगम लिम्बू, राजा लिम्बू, भरत राउत, स्मृता राई, मानबहादुर सावा, दिलु लिम्बू, सुमन राई, दिप्सन राई, पुष्पल राई, सुमन बुढाथोकी लगायतको अभिनय रहेको छ ।

दिलु लिम्बू निर्माता रहेको कुलतको सहायक निर्मातामा मानबहादुर सावा, भरत राउत, मोहन लिम्बू रहेका छन् ।

रिस छैन राईको पटकथा रहेको डकुमेन्ट्रीको छायांकन नरेश चौधरीले गरेका छन् । यसका साथै निशान्त मोटर पार्टस पानीटंकी, भारतको सहयोग रहेको जनाइएको छ ।