स्मृति गौतम र अमृत खाती गायनमा उत्कृष्ट « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

स्मृति गौतम र अमृत खाती गायनमा उत्कृष्ट


यलम्वर टाइम्स
५ फाल्गुन २०७५, आईतवार ११:२२

काठमाडौं । ‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०१९’ मा उत्कृष्ट गायिकाको अवार्ड चर्चित लोकदोहोरी गायिका स्मृति गौतमले प्राप्त गरेकी छिन् । गायिका गौतमले कतारमा आयोजित एक कार्यक्रमकाबीच अवार्ड प्राप्त गरेकी हुन् ।

टंक केसी र मिरा घिमिरेको म्युजिक रहेको ‘घर त ठिमी’ बोलको गीतबाट गायिका स्मृति गौतमले उक्त अवार्ड हात पार्न सफल भएकी हुन् ।

हिमालयन इभेन्टस प्रालि र जन सवाल राष्ट्रिय दैनिकको संयुक्त आयोजनामा कतारको दोहास्थित वेस्ट्रन प्लस होटेलमा अवार्ड तथा सम्मान कार्यक्रम आयोजना भएको थियो ।

गायिका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, जस्ता चर्चित गीतहरु बजारमा उपलब्ध छन् ।

त्यस्तै, म्युजिक अवार्डमा उत्कृष्ट गायकको अवार्ड सर्जक गायक अमृत खातीले प्राप्त गरेका छन् ।

विषम गौतमको शब्द र सिर्जु अधिकारीको सङ्गीतमा रहेको ‘झुम्के बुलाकी’, ‘ओ के छ त २’ बाट गायक खातीले उत्कृष्ट गायकको अवार्ड हात पारेका हुन् ।

गायक खातीका ओके छ त, ‘झुम्के बुलाकी’, ‘ओके छ त’, हाम्रै कालिञ्चोक, जुनतारा, बिउ खायो किरैले लगायतका गीतहरु बजारमा छन् ।