शनिश्चरेमा प्रज्वाला विद्युतीय सामग्री पसल सञ्चालनमा « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

शनिश्चरेमा प्रज्वाला विद्युतीय सामग्री पसल सञ्चालनमा


यलम्वर टाइम्स
२५ बैशाख २०७६, बुधबार ०६:३०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित प्रज्वाला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले प्रज्वाला विद्युतीय सामग्री पसल मंगलबारदेखि सञ्चालनमा ल्याएको छ ।

नगर क्षेत्रका आम उपभोक्तालाई सर्वसुलभ पहुँच पुर्याउनका लागि घरायसी आधारभूत विद्युतीय सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ ।

पसलको उद्घाटन झापा जिल्ला सहकारी संघका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गणेश ढकालले गरेका थिए ।

संस्थाका उपाध्यक्ष डिल्ली घोसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकाल, अर्जुनधारा नगरपालिका पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राई, कालिका बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्ण तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका व्यवस्थापक तुलसा कुँवरले सञ्चालन गरेको कार्यक्रममा स्वागत लेखा समितिका संयोजक इन्दिरा दाहालले गरेकी थिइन् ।

विद्युतीय सामग्रीको उक्त पसल १० लाखको लगानीमा सञ्चालन गरिएको बताइएको छ ।