कोही भोकै नसुतुन्ः जलेश्वर धाम « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

कोही भोकै नसुतुन्ः जलेश्वर धाम


यलम्वर टाइम्स
६ जेष्ठ २०७६, सोमबार ०६:०३

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामले कोही भोकै नसुतुन् भन्ने उद्देश्य लिएर रात्रीकालिन भोजनको व्यवस्था गर्ने अठोट लिएको छ ।

दीनदुःखी, असाहय सबैले खान पाउनुपर्छ भन्ने मान्यतालाई अंगीकार गर्दै अर्जुनधारा जलेश्वरधामले कोही भोकै नसुतुन् भन्ने उद्घोष गरेको हो ।

धामद्वारा स्थापित अन्नदान अक्षयकोषको सहायताले रात्रीकालिन भोजनको व्यवस्था गर्न लागिएको धाम समितिले जानकारी दिएको छ ।

त्यतिमात्र नभएर धाम अवलोकन गर्न आउने अतिथि अर्थात् तीर्थ यात्रीहरुको लागि पनि भोजनको व्यवस्था गर्ने भएको छ ।

कोही भोकै नसुतुन् भन्ने नाराका साथ भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने धामका सदस्य शेखर प्रधानले जानकारी दिए ।

धामको यो योजना हाललाई अर्जुनधारा नगर क्षेत्रमा भोजनको अभावका कारण रात बिताउ बाध्य भएकाहरुलाई लक्षित गरिएको छ ।

भविष्यमा धामले यो योजना देश विदेशमा सञ्चालित भण्डारा, लंगर आदिको प्रारुपमा स्थापित गर्दै लैजाने धामको लक्ष्य रहेको जनाएका छन् ।