फरक क्षमताका विद्यार्थीहरुसँग दलित संघले मनाए गणतन्त्र दिवस « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

फरक क्षमताका विद्यार्थीहरुसँग दलित संघले मनाए गणतन्त्र दिवस


यलम्वर टाइम्स
१५ जेष्ठ २०७६, बुधबार १०:५४

काँकरभिट्टा । नेपाल दलित संघ झापाले मेचीनगर नगरपालिकामा स्थित समाज सेवा सुधारक युवा संघले सञ्चालन गर्दै आएको विद्यालयका फरक क्षमताका विद्यार्थीहरुलाई फलफुल वितरण गर्दै १२ औं गणतन्त्र दिवस मनाएको छ ।

प्रत्येक बर्ष जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा संघले विभिन्न कार्यक्रम गर्दै आएको र यस वर्ष पनि फरक क्षमता भएको १९ जना विद्यार्थीलाई पोस्टिक आहारा तथा फलफूल वितरण गर्दै मनाइएको अध्यक्ष दलबहादुर बिकले बताए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस मेचीनगरका सभापति इन्द्रबहादुर बुढाथोकी विशेष अतिथि संघका केन्द्रिय सदस्यद्वय हस्तबहादुर परियार, सुन्दरा ल्वागुन, समाज सेवा सुधारक युवा संघका अध्यक्ष धर्म घिमिरेले जनताको अधिकारलाई जनताले नै व्यवस्थित गर्दै गणतन्त्रलाई जोगाइ राख्नु सम्पूर्ण नेपालीको कर्तव्य भएको बताए ।

कार्यक्रममा दलित जनप्रतिनिधि मिना बिक, लक्ष्मी परियार, सन्ध्या बिक, दीपा शिवा, शोभा बिक लगायत उपस्थित रहेको थियोे ।

उपाध्यक्ष ध्रुव कनालले स्वागत गरेको कार्यक्रममा सहजीकरण सचिब रन्जित परियारले गरेका थिए ।