वडा सदस्यको उदाहरणीय कार्य, बैठक भत्ताबाट दिइन् विद्यार्थीलाई व्याग « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

वडा सदस्यको उदाहरणीय कार्य, बैठक भत्ताबाट दिइन् विद्यार्थीलाई व्याग


यलम्वर टाइम्स
१६ जेष्ठ २०७६, बिहीबार १२:०१

दमक । दमक नगरपालिका वडा नम्वर ८ की वडा सदस्य बुद्धकुमारी विश्वकर्माले आफ्नो बैठक भत्ता वापतको रकमले दुई विद्यालयका २० जना विपन्न विद्यार्थीलाई व्याग वितरण गरेकी छिन् ।

वडा सदस्य विश्वकर्माले दमक ८ मा रहेको पशुपति संस्कृत मावि र जनता आधारभूत विद्यालयका विद्यार्थीलाई ब्याग वितरण गरेकी हुन् ।

नाती प्रज्जवल गजमेर एक वर्ष पुगेको अवसरमा विपन्न छात्र, छात्रालाई किताब बोक्न सजिलो होस् भन्ने उद्देश्यले थोरै भए पनि सहयोग गरेको वडा सदस्य विश्वकर्माले बताइन् ।

आर्थिक अभावमा पढी रहेका विद्यार्थीहरु मध्ये थोरैलाई भए पनि सहयोग गर्दा शिक्षा आर्जनमा ठूलो टेवा पुग्ने उनले बताइन् ।

पशुपति संस्कृत माविका प्रधानध्यापक सन्तोष धमलाले वडा सदस्य विश्वकर्माको जस्तै रचनात्मक काम सबैले गर्नु पर्ने भन्दै कामको प्रशंसा व्यक्त गरे ।

यसै गरी जनता आधारभूतका प्रधानध्यापक केदार सुवेदीले पनि विद्यार्थीलाई ब्याग वितरणले पढाईमा धेरै सहयोग पुग्ने बताए ।