सधैका लागि अस्ताए खुदुनाबारीका योद्धा धर्मलाल लिङ्देन « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

सधैका लागि अस्ताए खुदुनाबारीका योद्धा धर्मलाल लिङ्देन


यलम्वर टाइम्स
१८ जेष्ठ २०७६, शनिबार ०३:४९

खुदुनाबारी । यस क्षेत्रका सामाजिक योद्धा तथा किरात धर्म साहित्य उथान संघका अग्रणी धर्मलाल लिङ्देनको शुक्रबार राति असामयिक निधन भएको छ ।

मधुमेह र मृगौला रोगबाट पीडित भइ उपचार गर्दै आएका लिङ्देनको ८४ वर्षको उमेरमा उपचार गर्दै गर्दा निधन भएको परिवारले जनाएको छ ।

प्रस्ट वक्ता सामाजिक क्षेत्रमा खटिरहने लिङ्देन खुदुनाबारीका एक सामाजिक व्यक्तित्वको रुपमा परिचित थिए ।

संघीय राज्य, धर्मनिरपेक्ष र सामानुपातिक सिद्धान्तका पक्षपोषक लिङ्देन राष्ट्रिय जनमुक्ति पार्टी नजिक थिए । उनी जनमुक्ति पार्टीबाट वडा सदस्य निर्वाचित भएर खुदुनाबारीमा विकासका धेरै काम गरेका थिए ।

उनका छोरा खगेन्द्र लिङ्देनका अनुसार आईबार बिहान १० बजे खुदुनाबारीको सुखानी नदीमा किरात धर्म अनुसार दाहसंस्कर गरिने भएको जनाएका छन् ।

उनको दाहसंस्कारमा किरात धर्मावलम्बीहरुको बृहत उपस्थिति रहने समेत जनाइएको छ ।

को हुन् धर्मलाल ?

खुदुनाबारीको विकास र उत्थानमा योगदान दिएको र इतिहास बोकेको नाम हो धर्मलाल लिङदेन ।

सामान्य कृषक घरपरिवारमा जन्मेका उनको पाँचथर जिल्लामा साविक भारपा गाविसमा जेष्ठो सन्तानको रुपमा वि.सं. १९९२ सालमा बुबा धनबहादुर र आमा माइतीरानीको कोखबाट जन्मका हुन् ।

खुदुनाबारी क्षेत्रका अग्रज लिङदेनले जीवनले भोगेका व्यहोरेका कहालीलाग्दो विगत आफैमा प्रेरणास्पद छ ।

आफ्नो जन्मथलो पाँचथरलाई त्यागेर वि.सं. २००३ सालमा ढाकर, डोको बोकेर आफ्नो बाबु पछिपछि लागँेर झापा झर्छन् ।

३ वर्ष साविक बुधबारे गाविसको बसोबास पछि अर्जुनधारा नगरपालिका वडा नंं. ३ साविक खुदुनाबारी गाविस वडा नं. ६ लिङदेन चोक, झापामा बसोबास गर्दै आएका उनको राजनीतिक आबद्धतासँगै सामाजिक काममा समेत अग्रसर भएको पाइन्छ ।

वि.सं. २०१३ तिर शिक्षाको कुरा गर्नु भनेको फलामको चिउरा चबाउनु सरह थियो, तर त्यस्ता जालझेल र तिकमडलाई चिरफार गर्दै स्थानीय जनता माविबाट औपचारीक शिक्षा लिए ।

बाल्यकालदेखि नै स्कुलमा र समाजमा बुद्धिको तीक्षणता अगुवाई गर्ने पहलकदमी लिने क्षमता थियो । खुदुनाबारीको सबैभन्दा पुरानो शिक्षालय जनता उच्च मा.वि.को स्थापना गर्दा हर्कनारायण लिङदेन, जगतनारायण भुल्नु नहुने उनी बताउँछन् ।

स्थापनाकालका संस्थापक सदस्य रहेर काम गरेका लिङदेन विद्यालय सञ्चालन गर्दा कठ्ठामा ढालोेमा धान मागेँर शिक्षकलाई तलब खुवाएको स्मरण गर्छन् ।

त्यो बेला प्रस्तावित मावि मात्र थियो । तर त्यो बेला सरकारले वार्षिक ११ सय रुपैयाँ मात्र विद्यालयलाई दिन्थ्यो ।

उनी भन्थे, सरकारले दिएको रकमले शिक्षकलाई तलब खुवाउन नपुगेँपछि घर घरमा धान मागेँर त्यसबाट प्राप्त हुने रकमले शिक्षकलाई तलब खुवाएर विद्यालय निरन्तर अगाडि बढिरहयो ।

लिङदेनको स्वर्गवास हुनु पूर्व आधा घन्टाको कुराकानीको क्रममा विद्यालयको गतिविधिको बारेमा केन्द्रित भए ।

विद्यालयको स्थापनाको समयमा छानो सेउला थियो, काशीनाथ तिम्सिना गुरुले मलाई प्रौढ शिक्षा पढाउनुभयो । लिङदेन भन्छन् शिक्षा लिएपछि मेरो आँखाको ज्योती खुल्यो, त्यसपछि आफ्नो परिवारको लालनपालन र सन्ततिको उच्च शिक्षाका लागि तल्लीन रहेँ । त्यसपछि भूमिसुधार कृषि सहकारी र पञ्चायतमा जिम्मेवारी पाएँ । १५ वर्षसम्म राष्ट्र सेवक भएर मैले पिउनको काम गरेँ । प्रारम्भिक तहदेखि राष्ट्रिय जनमुक्ति पार्टीको आबद्ध रहर्दै आएको छु ।

विभिन्न पदीय जिम्मेवारी निर्वाह गर्दै आएका उनी खुदुनाबारीका समाज सेवाका अग्रज लिङदेन तत्कालिन खुदुनाबारी गाउँ परिषद सदस्य हुँदै वडाअध्यक्षको जिम्मेवारी बहन गर्ने र कुशलतापूर्वक कार्य सम्पादन गर्ने नेतृत्वको कोटिमा गनिन्छन् ।

उनले विगत पाँचदशकदेखि स्थानीय क्षेत्रको विकासमा आफूलाई क्रियाशील तुल्याउँदै आएका छन् ।

पञ्चचायत होस् या बहुदल व्यवस्था उनको राजनीतिक र राष्ट्रसेवालाई सँगैसँगै अघि अगाडि पाइन्छ ।

आफ्ना विषयमा खह्रो उत्रने, भौतिक परिवेशलाई आधार मान्ने, बनावटी कुरा नगर्ने, चाकडी–चाप्लुसी नरुचाउने, अन्याय–अत्याचारविरुद्ध हर्दम निर्मम हुने लिङदेनका स्वभाव छन् । पहिचान र धर्मनिरपेक्ष, समानुपातिक सिद्धान्तबाट सबै वर्ग समुदाय समान रुपले बाँच्न पाउँनेछन् भन्ने सिद्धान्त बोकेको उनको पार्टी संगठनात्मक रुपमा कमजोर देखिए पनि विचार ठूलो भएको हुँदा जनमुक्ति कुनै दिन जनताको भरोसा बोकेको दल हुनेमा उनको विश्वास थियो ।

उनले आफ्नो ठाउँमा कमाएका व्यतिmत्वको प्रभावले जनप्रतिनिधिमा विजयी हुन् पुग्छन् । यति धेरै क्षमताका बाबजुद जागिर पेशाको समाल्र्दै एउटा समाज रुपान्तरणको क्षेत्रमा अहोरात्र खट्ेको पाइन्छ ।

उनको राजनीतिक जीवनमा छल्कने न कुनै धारको असर छ, न कुनै खहरेको प्रभाव छ, न कुनै आक्रोस छ, न कुनै उत्तेजना छ, न कहिल्यै पार्टी अदलबदलको परिचय छ, न कुनै निरपेक्षीय समुहबन्दी छ, अवसर पाइएन भनेर न कुनै सुस्ती छ, ओहदाको आडमा न कुनै फुर्ति छ, न कुनै दम्भ छ, न कुनै आडम्बर छ, सधै एकनाशे जीवनशैली छ, सधै निरन्तर–निरन्तर एक वेगले अघि बढिरहेको छ ।

धर्मलाल खुदुनाबारीका क्षेत्रका कर्मबीर उत्पादन हुन् । उनीसँग गाँठिएर बसेको शिक्षा र अनुभवको पोको छ । प्रयोगसिद्ध भइसकेको छ । उनको त्यस्तो अस्त्र र बौद्धिक पूँजीलाई सामाजिक रुपमा परिवर्तन सहित रुपान्तरणका भइसकेको छ ।

पारदर्शितामाथि विश्वास गर्ने बेदाग जीवन र चहकिलो शैली निर्माणमा तल्लिन रहने उनमा आम जनसमुदाय माझ उपस्थित हुन र तिनको मनोभावनाको नेतृत्व गर्ने क्षमता रहेको छ ।

कार्यान्वयनमा जान्न र सिङ्गो समूहलाई नेतृत्व प्रदान गर्दै एकसाथ अघि लैजान सक्ने मृदुभाषीय क्षमता छ । वैदशिक रोजगारीका सिलसिलामा युवाजमातले कमाएको पूँजी, प्रविधि, ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्दै यसको जगमा समाजलाई समृद्ध समाज विकासको प्रवाहमा अनिवार्य जोड्न सकिन्छ भन्ने मान्यता राख्छन् उनी ।

विश्वविद्यालयीय शिक्षाका अतिरिक्त विभिन्न प्रकारका योग्यता कौशलता र अनुभव राख्ने उनले प्राकृतिक रूपले नै विविधताको सौन्दर्यबीच भिन्न पहिचानका साथ उभिएको खुदुनाबारी विभिन्न जाति, भाषा, धर्म, संस्कृति, परम्परा र स्थानीय मूल्य–मान्यताको यथोचित परिपालनाका हिसाबले जिल्लाकै सर्वोत्कृष्ट आकर्षक र नमुना भू–खण्ड कायम गर्न अबको पुस्थाले पहल कदमी थाल्नु पर्छ भन्छन् लिङ्देन ।

प्राकृतिक एवम् जैवीक विविधता, मानव संसाधनको महत्वपूर्ण पक्षलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न अनेकतामा खँदिलो एकता कायम गर्न सक्नुहुन्छ भन्ने उनको बुझाइ छ ।