खुदुनाबारीमा कर्णालीको वित्तीय साक्षरता गोष्ठी « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

खुदुनाबारीमा कर्णालीको वित्तीय साक्षरता गोष्ठी


यलम्वर टाइम्स
१ असार २०७६, आईतवार ०९:२८

खुदुनाबारी । बिर्तामोड–४ मा स्थापित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र खुदुनाबारीमा एक दिवसीय वित्तीय साक्षरता गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उप–मेयर कमला खतिवडा प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाको वित्तीय गतिविधि, विशेष उपचार कोष, विशेष शेयर सहित विविध गतिविधिका बारेमा संस्थाका अध्यक्ष श्रेष्ठले धारणा राखेका थिए ।

कार्यक्रममा शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडा, वडाअध्यक्ष रघुनाथ खनाल, वडा सदस्य निर्मला घिमिरे लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा आईटी विभाग प्रमुख बिकास कोइराला, शिक्षा उपसमिति सदस्य देवीबहादुर थापा, पदम बहादुर श्रेष्ठ, सेवा केन्द्र प्रमुख खुदुनाबारीका केशव बाँस्कोटा, गंगा देवी खड्का, लिला माया धमला सहित १ सय २० भन्दा बढि शेयर सदस्यहरुको उपस्थिती रहेको सेवा केन्द्र खुदुनाबारीले जनाएको छ ।

संस्थाका शिक्षा उपसमिति सदस्य पदम बहादुर श्रेष्ठले स्वागत राखेंको कार्यक्रममा कार्यक्रम सञ्चालन देवीबहादुर थापाले गरेका थिए ।