अचार तालिम रोजगारको आधार « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अचार तालिम रोजगारको आधार


यलम्वर टाइम्स
१० असार २०७६, मंगलवार ०९:२०

छाताचोक । अर्जुनधारा वडा नं. ६ ले आयोजना गरेको अचार तालिमको समापनमा यस्ता खाले तालिम रोजगारको बलियो आधार हुने बताएका छन् ।

३ दिवसी अचार तालिमको समापन कार्यक्रममा वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतमले सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्दै सो कुरा बताएका हुन् ।

वडा नं. ६ मा केही पनि बरोजगार नबनुन् भन्ने उद्देश्यले जनप्रतिनिधिहरु लागि परेको बताउँदै अध्यक्ष गौतमले तालिमबाट समिति निर्माण गरेर अगाडि बढे वडा नं. ६ ले उद्यमीहरुका लागि सहयोग गर्ने बताए ।

उपभोक्ता समितिका अध्यक्ष कुसुम कार्कीको सभापतित्वमा भएको कार्यक्रममा समितिका लक्ष्मी महताराले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा वडा सदस्य अर्जुन मेचे, माया खाती, नेकपाका टंकनाथ काफ्ले लगायतले सहभागिलाई शुभकामना दिँदै अगाडि बढ्न हौसला प्रदान गरेका थिए ।

तालिमपछि सहभागि लक्ष्मी श्रेष्ठ, हेमकला विक लगायतले थोरै समयबाट महत्वपूर्ण सीप प्राप्त भएको हुँदा वडा नं. ६ लाई साधुवाद प्रकट गरेका थिए ।

३ दिनसम्म चलेको तालिममा शिवबाबा अचार फ्याक्ट्रीका प्रोप्राइटर दिननाथ शिवाकोटीले सहजीकरण गरेका थिए ।