शनिश्चरे बजारको नमूना शुभ आशिर्वाद मिनी मार्केट « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

शनिश्चरे बजारको नमूना शुभ आशिर्वाद मिनी मार्केट


यलम्वर टाइम्स
२८ असार २०७६, शनिबार ०४:०६

शनिश्चरे । कात्यानी दुर्गा शक्तिपीठ सञ्चालनमा टेवा पुग्ने उद्देश्यले मन्दिर अगाडि शुभ आशिर्वाद मिनि मार्केट सञ्चालनमा आएको छ ।

मन्दिरका अध्यक्ष कमल प्रधानका अनुसार मार्केटको भाडाबाट पूजारी र मन्दिर सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले नगरपालिकासँग इजाजत लिएर निर्माण गरिएको बताए । उक्त स्थानको नाम शुभ आशिर्वाद मिनि मार्केट राखिएको छ ।

मिनि मार्केट परिषरमा ज्योतिष हेर्नेदेखि लिएर घरायसी सामग्रीका वस्तुहरु राखिएका छन् ।

मार्केटमा सरोज सापकोटाको सत्यलक्ष्मी भेराइटिज, मनिष चौधरीको लत्ताकपडा, मेघनाथ भण्डारीको डेरी, विमला भारतीको कस्मेटिक, तार्केश्वर साहको फर्निचर, रामासिस गुप्ताको कस्मेटिक, सुमित्रा विष्ट र निर्मला तामाङको कपडा पसल रहेका छन् । उक्त मार्केट केही दिनअघि सञ्चालनमा आएको हो ।

सबै सामग्री एकै थलोमा रहेको हुँदा उक्त मार्केट शनिश्चरे बजारकै आकर्षक मार्केटको रुपमा रहेको राधा दाहालले प्रतिक्रिया दिइन् ।