मीठो संगीत, मीठो खानाको केन्द्रः फूडहोलीक « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

मीठो संगीत, मीठो खानाको केन्द्रः फूडहोलीक


यलम्वर टाइम्स
४ श्रावण २०७६, शनिबार ०४:४७

महानन्द चोक । होटलका पारखी विनोद श्रेष्ठ लगायतको टीमले अर्जुनधारा–६ स्थित महानन्द चोकमा आइतबारदेखि फुडहोलिक फेमेली लाउंच एण्ड रेष्ट्रो सञ्चालनमा ल्याएका छन् ।

पर्यटनसँगै नेपाली खानाका परिकारहरुको प्रबद्र्धन गर्ने उद्देश्यले रेष्ट्रो सञ्चालनमा ल्याइएको बताइएको छ ।

शनिश्चरे बजारमा रहेर होटल व्यवसायमा अब्बल गनिएका युवा व्यवसायी विनोद श्रेष्ठ र अन्य उत्साहित बनेका विकास अधिकारी, सुरज सापकोटा, सुवास सापकोटाले ५० लाख रुपैयाँको लागतमा उक्त रेष्ट्रो सञ्चालनमा ल्याएको हुन् ।

उक्त रेष्ट्रोको अर्जुनधारा स्थित कप्तनबारीका अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अपाङ्गता भएका बालबालिकाहरुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका थिए ।

विशेष गरी पारिवारिक वातावरणको लागि परिवारलाई लक्षित गरी सञ्चालन गरिएको रेष्ट्रोमा नेपाली खानाका परिकारहरुसँगै अन्य परिकार तथा पेय पदार्थहरु पाइने सञ्चालक श्रेष्ठले बताए ।

खानपिनसँगै हप्ताको तीन दिन स्थानीय कलाकार र ब्याण्डहरुको सांगीतिक प्रस्तुति रहने रेष्ट्रोमा विशेष दिनहरुमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने अर्का सञ्चालक सुरज सापकोटाले बताए ।

एकै पटकमा ६० जनालाई सेवा दिन सक्ने क्षमता रहेको उक्त रेष्ट्रोले उद्घाटनको सन्दर्भमा तीन दिनसम्म १० प्रतिशत छुटको व्यवस्था गरेको बताइएको छ ।

सामान्य तर महत्वपूर्ण पारिवारिक जमघट गर्नका लागि अति उपयुक्त दाबी गरिएको उक्त बारमा फेमिली बर्थ डे पार्टीलगायत अन्य सामुहिक प्रयोजनका लागि छुट्टै एसी जडित हलको व्यवस्था रहेको छ ।

होटल व्यवसायी बिनोदले यसअघि सफलता पूर्वक पुनम होटल, सरगम होटल सञ्चालन गरिसकेका छन् ।

शिक्षाले कृषि अध्ययन गरेका श्रेष्ठ बाबाआमाले थाल्दै गरेको होटल व्यवसायमा लत बसेपछि कृषि अधिकृत जस्तो जागिरलाई छाडेर होटलमा जमेका हुन् ।

उनले सञ्चालन गरेको होटल संगीतमय रहने यसअघि उनले सञ्चालन गरेको होटलबाट थाहा हुने गरेको छ ।