अर्जुनधारामा चेम्वर अफ कमर्शको तदर्थ समिति गठन « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अर्जुनधारामा चेम्वर अफ कमर्शको तदर्थ समिति गठन


यलम्वर टाइम्स
१४ श्रावण २०७६, मंगलवार १३:३८

अर्जुनधारा । अर्जुनधारा नगर क्षेत्रका व्यापारीहरुको संरक्षण गर्दै उनीहरुको हितमा काम गर्ने उद्देश्यले चेम्वर आफ कमर्श अर्जुनधारा गठन भएको छ ।

यस क्षेत्रका ३१ जना व्यापारीहरुको भेलाले पुष्पप्रसाद रेग्मीको संयोजकत्वमा ११ सदस्यीय तर्दथ समिति गठन गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समितिको सदस्यहरुमा राजु घिमिरे, योगेन्द्र पौडेल, राजु दाहाल, विमल भट्टराई, बिदुर साह, रञ्जन देवकोटा, विनोद खाती, रघुनाथ गुप्ता र प्रकाश श्रेष्ठ रहेका छन् ।

शनिश्चरे बजार स्थित खान्की भ्यू पोइन्टमा आयोजित पत्रकार सम्मेलनमा संस्थालाई राजनीतिबाट टाढै राखी पूर्ण रुपमा व्यापारीहरुको हक, हितमा काम गर्ने बताइएको छ ।

तदर्थ समितिका संयोजक रेग्मीका अनुसार अर्जुनधारा नगर क्षेत्र अन्तर्गतका नयाँ बसपार्क, खुदुनाबारी, शनिश्चरे, लक्ष्मीपुर लगायत सबै स्थानका व्यापारीहरुलाई संगठित गर्दै लगिने छ ।

‘संगठित गरेका क्षेत्रमा हामी ५–७ सदस्यीय इकाई समिति निर्माण गरेर संस्थालाई अगाडि बढाउने छौं’ रेग्मीले भने, ‘चाँडै नै नगरपालिकामा दर्ता हुनेछौं र नगर गौरव योजनामा हातेमालो गर्दै अगाडि बढ्नेछौं ।’

कार्यक्रममा वाणिज्य संघ व्यापारीहरुको हितमा नभई राजनीतिकरणमा व्यस्त रहँदा बाध्य भएर गठन गर्नुपरेको समितिका सदस्य योगेन्द्र पौडेलले बताए ।

उनले वाणिज्य संघले स्थानीय बजारको उन्नति र व्यापारीहरुको हितमा कुनै पनि काम गर्न नसकेको हुँदा व्यवसायीहरुको हितलाई मध्यनजर गर्दै विशुद्ध रुपमा समिति गठन गरिएको बताए ।

पत्रकार सम्मेलनमा संयोजक रेग्मीले वाणिज्य संघले नियमित रुपमा गर्नुपर्ने नविकरण, पान दर्ता, ढक तराजु परीक्षण जस्ता कार्य नगरेको बताउँदै व्यापारीहरुको अभिभावकको रुपमा देखा नपरेले समिति गठन गर्नुपरेको दोहोर्याए ।

उनले न्यूनतम् प्रवेश शुल्क तोकेर सदस्यता बढाउँदै लैजाने बताउँदै निकट समयमै संस्थाको विधान निर्माण गर्ने बताए ।

राजनीतिबाट टाढै राखि स्वच्छ व्यापार व्यवसाय सञ्चालन गर्ने लक्ष्यसहित गठित समितिले कुनै आग्रह पूर्वाग्रह नराखी एकअर्कामा हातेमालो गर्दै अगाडि बढ्ने संयोजक रेग्मीले बताए ।